अध्यक्ष ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुनुहुने

0

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने हुनुभएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले निर्धारण गर्नुभएको समयपछि आइतबार उहाँलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लाग्नुभएको हो ।

राष्ट्रपति पौडेलले आइतबार साँझ ५ बजेसम्मका लागि प्रधानमन्त्रीमा दावी पेश गर्ने समय निर्धारण गर्नुभएको छ । उहाँको आव्हानअनुसार नेपाली काँग्रेस र नेकपा (एमाले) ले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न आग्रहसहित राष्ट्रपतिसमक्ष शुक्रबार राति नै दावी पेश गरिसक्नुभएको छ ।

“राष्ट्रपति पौडेलले निर्धारण गर्नुभएको समयपछि प्रधानमन्त्रीमा ओली आइतबार नियुक्त हुनुहुनेछ । शपथ कार्यक्रम सोमबार मात्र हुनेछ” प्रेस सल्लाहकार पोखरेलले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

प्रतिनिधिसभामा पहिलो ठुलो दल काँग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलीले १६६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी पेश गर्नुभएको छ । संविधानको धारा ७६ (२) अनुसार उहाँले सो पदका लागि दावी पेश गर्नुभएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद बैठकमा विश्वासको मत प्राप्त गर्न असफल हुनुभएपछि नयाँ प्रधानमन्त्री नियुक्त प्रक्रिया सुरु भएको हो । काँग्रेस–एमालेले नयाँ प्रधानमन्त्रीको नियुक्त भएलगत्तै मन्त्रीहरुलाई सरकारमा पठाउनेगरी गृहकार्यमा जुट्नुभएको छ ।

Leave A Reply

Your email address will not be published.