विश्व फुटबलका पुराना प्रतिद्वन्द्वी स्पेन र फ्रान्सबिच उत्कृष्टताको लडाइँ

0

काठमाडौँ \ युरोकप फुटबल प्रतियोगिताको १७औँ संस्करणमा पहिलो सेमिफाइनल खेल बुधबार बिहान खेलिँदैछ । पहिलो सेमिफाइनलमा विश्व फुटबलका दुई महारथी स्पेन र फ्रान्स भिड्दैछन् । खेल नेपाली समयअनुसार बिहान ००ः४५ बजे सुरु हुनेछ ।

फ्रान्स र स्पेन विश्व फुटबलका प्रभावशाली राष्ट्र हुन् । यी दुवै राष्ट्रले विश्वकपदेखि युरोकपसम्मको उपाधिको स्वाद चाखिसकेका छन् । जारी युरोकपमा पनि स्पेन र फ्रान्स दुबैलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ । 
विश्व फुटबल महासंघ (फिफा)द्वारा जारी वरीयतामा पनि यी दुवै राष्ट्र लामो समयदेखि माथिल्लो १० स्थानभित्रै रहँदै आएका छन् । पछिल्लो फिफा वरीयतामा पनि फ्रान्स दोस्रो र स्पेन स्पेन आठौँ स्थानमा रहेका छन् । 
Leave A Reply

Your email address will not be published.