कम्युनिस्टहरू आशावादी र भविष्यमुखी हुनुपर्छ : प्रधानमन्त्री

0

काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’ ले जनताका आशा एवं अपेक्षाहरू पूरा गर्न सम्पूर्ण लोकतन्त्रवादी राष्ट्रिय शक्तिहरू एकताबद्ध हुनुपर्ने बताउनुभएको छ। नेकपा (एकीकृत समाजवादी) पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले देशको अगाडि देखापरेका समस्या समाधानका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताउनुभयो।

प्रधानमन्त्री भन्नुभयो, “आन्दोलनका नेताहरूले अझ ठुलो परिवर्तनका निम्ति एवं नेपाली जनताको आशा, अपेक्षा पूरा गर्न फेरि एक पटक सङ्कल्प लिन जरुरी छ, एकताबद्ध एवं केन्द्रित हुन जरुरी छ ।”

सबै लोकतन्त्रवादी एवं देशभक्त शक्तिहरू राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा एवं राष्ट्रिय आत्मसम्मानका निम्ति सबै एक ठाउँमा उभिन जरुरी रहेको आवश्यकता औँल्याउँदै प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी परिमार्जन गर्न केन्द्रित हुन आह्वान गर्नुभयो ।

देशमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले निराशा र अतिवादी प्रवृत्तिलाई परास्त गर्दै क्रान्तिकारी आशावादीका साथ सही विचार र राजनीतिक कार्यदिशा विकास गरेर कम्युनिस्ट एकता, राष्ट्रिय एकता एवं राष्ट्रको समुन्नतिको निम्ति स्पष्ट कार्यक्रम लिएर अगाडि बढ्न नेकपा (एकीकृत समाजवादी) लाई सुझाव दिनुभयो ।

Leave A Reply

Your email address will not be published.