राष्ट्रपती पौडेल र जर्मन राष्ट्रपती फ्र्यान्क बिच भेटबार्ता, राष्ट्रपति पौडेलको सम्मानमा गार्ड अफ अनर,

0

जर्मनीको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार बर्लिनमा गार्ड अफ अनरको सम्मान दिइएको छ । राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति बीच द्विपक्षीय भेटवार्ता हुनुअघि सो सम्मान दिइएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

आजै वर्लिनस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपती फ्र्यान्क वाल्तर स्टेइनमर बिच भएको भेटवार्ताका क्रममा दुबै देशका राष्ट्रपतीले नेपाल र जर्मनीको सम्बन्धलाई सदैव उच्च महत्व दिएको र बदलिदो विश्व परिवेशमा यो सम्बन्ध अझ घनिष्ठ हुने विश्वास व्यक्त गरे ।

सोसलिस्ट इन्टरनेशनल तथा प्रोग्रेसिभ एलायन्स जस्ता संस्थाहरु सामाजिक न्याय, मानव अधिकार, लोकतन्त्र, कानुनी राज्य तथा स्वतन्त्रतालगायतका लागि विश्वस्तरमा अझ क्रियाशील रहनुपर्ने धारणा नेपालका राष्ट्रपति पौडेलले राख्नु भयो ।

उहाले नेपालको शान्ति प्रक्रियामा जर्मनीबाट प्राप्त सहयोगको लागि धन्यवाद दिँदै नेपालको विकासको पथमा मित्र राष्ट्र जर्मनीको निरन्तर साथ र सहयोग रहनेमा विश्वस्त रहेको बताउनु भयो ।

हालैका वर्षहरुमा जर्मनी नेपाली युवाहरुको लागि उच्च शिक्षा अध्ययन, सीपयुक्त काम र सीपजन्य तालिमको लागि एक आकर्षक गन्तव्यको रुपमा स्थापित भएको तथा नेपाल र जर्मनीबीच सीपयुक्त श्रम आप्रवासन र ज्ञान आदानप्रदानका क्षेत्रमा गत वर्ष एक सम्झौतामा हस्ताक्षर सम्पन्न भएकोले यसको कार्यान्वयनबाट जनस्तरको सम्बन्ध अझ मजबुत हुने राष्ट्रपति पौडेलले बताउनु भयो ।

जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टरले जर्मनी नेपालको आर्थिक विकासको लागि हर तरहको सहयोग गर्न तत्पर रहेको बताउनु भएको थियो ।

नेपालका राष्ट्रपतीको राजकीय ब्राह्मण जर्मनीमा २४ बर्ष पछि भएको हो ।

स्वीट्जरल्याण्डको जेनेभामा भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय कार्यक्रम तथा सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्‍घाटन सत्रमा सहभागी भएर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति पौडेल शनिबार राति यहाँ आउनु भएको हो ।

Leave A Reply

Your email address will not be published.