बेल्जियमका नेपाली एबम भुटानिज सिनियर खेलाडीहरु फूटबल खेल्न अमेरिका जादै,

0

बेल्जियमका ४० बर्ष माथिका फूटबल खेलाडिहरु अमेरिकाको पेन्सल्भेनियामा हुने फूटबल प्रतियोगितामा भाग लिन जाने भएकाछन । यसियन रेफुजिज युनाइटेड (एआरयु) अमेरिकाले आयोजना गरेको केएस मेमोरियल भेटरान्स च्याम्पियनसिपमा सहभागि हुन बेल्जियमको टिम त्यता जाने तयारीमा रहेकोछ ।

पेन्सलभेनियाको मारिसबर्गमा जुन २३ ,२४ मा हुने खेलमा बेल्जियमबाट भक्तमान सुब्बा, देबकाजी गुरुङ, देब सुब्बा, ज्ञानु थापा, नरेश बहादुर खड्का, नबिन कुमार नेपाल, राजु पाख्रिन, रेजस सुब्बा र बिक्रम गुरुङ लगायत  नेपाली भुटानिज कम्युनिटी बेल्जियमको संयुक्त टिमबाट खेल्नेछन ।

देबनारायण चौधरी लगायतका नेपालका पूर्व राष्ट्रिय खेलाडिहरु पनि समाबेश भएका अमेरिका रिजनका भुटानिज र नेपाली कम्युनिटिका १० वटा टिमले सो प्रतियोगितामा भाग लिएकाछन ।

हरेक बर्ष विश्व सरणार्थी दिवसको अबसर पारेर आयोजना हुने यो मेमोरियल च्याम्पियनसिप खेलमा बेल्जियम पहिलो पटक सह्भागि हुन लागेको हो ।

उक्त खेलमा सहभागि हुन थालेका बेल्जियमबासी नेपाली एबम भुटानिज कम्युनिटिका सिनियर खेलाडीहरुले प्रबासका नेपालीहरुको भाईचारा बलियो हुने र खेलको माध्यमबाट सामाजिक सद्भाब बढाउन मद्दत पुग्ने विश्वाश लिएकाछन।

Leave A Reply

Your email address will not be published.