पर्बतको अस्पतालका लागि बेल्जियममा च्यारिटी डिनर, विश्वका बिभिन्न देशबाट पर्बतेहरु बेल्जियममा भेला हुने,

0

पर्बतको जिल्ला अस्पतालमा बिरामी कुरुवाहरुले अस्पतालमा बस्दा भोग्नु परेका कठिनाईलाई सहज बनाउन साधन श्रोत जुटाएर भौतिक सुबिधा उपलब्ध गराउने अभिप्रायले बेल्जियममा च्यारिटी डिनर एबम सांस्कृतिक सांझ हुने भएकोछ ।

अन्तरराष्ट्रिय पर्बत समाजले युरोपमा बसोबास भएका पर्बतेहरुलाई बेल्जियममा भेला गराएर कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा विश्वका अन्य देशबाट पनि पर्बतबासी र अन्य गैर आबासीय नेपालीहरु सहभागि हुने आयोजक संस्था अन्तरराष्ट्रिय पर्बत् समाजका अध्यक्ष गुणराज शर्माले जानकारी गराउनु भएकोछ ।

पर्बत समाज बेल्जियमले ब्यबस्थापन गर्ने कार्यक्रम २४ जुन २०२४ मा लुभेनमा हुनेछ, जसको तयारी धमाधम भैरहेकोछ । कार्यक्रमको तयारीका लागि बिभिन्न उपसमितिहरु गठन गरेर आन्तरिक एबं बाह्य काम चलिरहेको मूल ब्यास्थापन समिति संयोजक एबं निबर्तमान अध्यक्ष झलक केसीले जानकारी दिनु भएकोछ ।

आर्थिक संकलनका लागि कृष्ण तिवारी, भिषा तथा अन्य संपर्क र समन्वयका लागि शुभाष जोशी, संस्थाका गतिविधि भिजुवोलाइज गरी डकुमेन्ट्री तयार गर्न वालेन्द्र गुरुङ्ग र रुद्र लम्साल, स्पोन्सर सहयोग अभियानको लागि रोशन जोशी (भिम), प्रचार प्रसारका लागि दिपक न्यौपानेका साथै कार्यक्रम ब्यावस्थापन संयोजनका लागि खड्क बहादुर केसीलाई जिम्मेवारी तोकिएकोछ ।

अन्तरराष्ट्रिय पर्बत समाजका महासचिब प्रकाश पौडेलले नेपाल लगायत अन्य देशहरुबाट अतिथिहरुलाई निमन्त्रणा गरिएको र कतिपय पाहुनाहरुको लागि भिषा प्रक्रियामा रहेकोले यूरोप बाहिरबाट आउने अतिथिहरुको एकिन जानकारी नभए पनि यूरोप भित्रबाट उलेख्य सहभागिता हुने बताउनु भएकोछ ।

अन्तरास्ट्रिय पर्बत समाजले यस पटक नेपाली स्वादिष्ट खाना साथै लोकप्रिय लोकगायक बिष्णु खत्री एवं लोकगायिका सूमी घिमिरे सापकोटा सहित स्थानीय कलाकारहरुको बिसेष प्रस्तुति मा अतिथिहरुलाई रमाइलो गराउने तयारी गरेको पर्बत समाज बेल्जियमका अध्यक्ष नन्द कुमारी गुरुङले जानकारी गराउनु भएकोछ ।

कार्यक्रम सफल बनाउन सम्पूर्ण पर्वते एबं सम्पूर्ण नेपाली समुदायलाई आर्थिक,नैतिक, भौतिक सहयोग गरी दिन अनुरोध गर्दै हालसम्म सहयोगको प्रतिबद्दता जनाउनु भएका सम्पूर्ण व्यक्तित्वहरुमा संस्थाको तर्फबाट आभार प्रकट गरिएकोछ ।

Leave A Reply

Your email address will not be published.