बेल्जिक नागरिकहरुलाई साकेला नचाउदै संयुक्त किरात समाज बेल्जियमले मनायो उधौली,

0

किरात समुदायको सांस्कृतिक चाँड साकेला उभौली किरात येले सम्बत ५०८४ बेल्जियमको किरात समुदायले बिभिन्न सास्कृतिक झांकी प्रक्रिति पूजा गरेर मनाएकोछ । संयुक्त किरात समाज बेल्जियमले समाजका अग्रजहरुबाट किरात पितृपूजा सहित सामुहिक साकेला सिली नाच र अन्य सांस्कृतिक रितिरिवाज प्रस्तुत गर्दै सो चाड मनाएको हो ।

उक्त सांस्कृतिक उत्सबमा किरात, राई, लिम्बु समुदाय आफ्नो सांस्कृतिक भेषभुषा सजिएका थिए भने बेल्जियम नागरिक, कार्यक्रम भएका नगरपालिका का प्रतिनिधि साथै नेपाली समुदायको उपस्थिती रहेको थियो ।
कार्यक्रमको उदघाटन प्रमुख अतिथी नेपाली दुतावासका त्रितीय सचिब रमेश गैरे समाजका अध्यक्ष कबिता साउदेनले पानसमा दीप प्रज्वलन गरी गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी गैरे , एनआरएनए बेल्जियम उपाध्यक्ष साबित्रा गिरी लगायतले उभौलि पर्बको शुभकामना दिनु भएको थियो
प्रतिक्षा राई र निकिता सुब्बाउभौलिको बारेमा बेल्जियम नागरिक अतिथिहरुलाई बुझाउनुभएको थियो । कार्यक्रमको संचालन संयुक्त किरात समाजका सचिब दौलत कुमार साम्बाले गर्नु भएको थियो ।

समाजका अध्यक्ष कबिता साउदेनले उपस्थित अथिथिहरु, स्वयमसेवकहरु लगायत सहयोगिहरुलाई धन्यवाद दिदै प्रदेशमा आफ्नो संस्क्रितिमा रमाउने अबसर पाउनु किरात समुदायका लागि गर्बको बिषय भएकोले यसलाई निरन्तरता दिने बताउनु भयो ।

बेल्जियम नागरिकहरु लगायत उपस्थित अथिथिहरु सकेला नाचेर रमाउनुका साथै नेपाली खाना खाएर रमाएका थिए ।

खेती पूर्व देबी देउता खुशी बनाउन, प्रकृतिले मानब जीबन सहज बानाओस भनेर उभौली पूजा गर्ने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.