विश्वशान्तिको कामना गर्दै पूजा पाठ सहित बेल्जियममा मनाइयो बुद्ध जयन्ती,

0

बेल्जियमको नेपाली समुदाय प्रवासमा सकृय र उर्जाशिल मानिन्छ र यहाँ  हुने सामाजिक गतिबिधीको जति प्रशंशा हुन्छ त्यो संगै परीणाम नभएको समयको फाल्तु खर्च भएको भनेर आलोचना पनि हुन्छ । सामाजिक नेत्रित्व काम भन्दा भाषण धेरै गर्छ भन्ने आरोप धेरै सुनिन्छ ।

त्यस भन्दा फरक बिहीवार तमु समाज बेल्जियमले संयोजन गरेर भएको बुद्ध जयन्तिको कार्यक्रमले संस्कार, संस्क्रिती र आस्थाको सम्मिष्रण गर्दै शान्ती, करुणा र भाईचाराको संदेश दिएकोछ । बुद्ध जयन्तिको दिन बुद्ध भुमिमा जन्मेका हामी नेपालीलाई भगवान गौतम बुद्धको मार्गमा चल्नका लागि प्रेरणा प्रदान गरेकोछ ।

बिदेशमा हुने भड्किला कार्यक्रमका तामसिक भोजन भन्दा भक्तिपुर्बक दिदिबहिनीहरुले बनाएको प्रशादले उपस्थितहरुलाई स्वाद संगै आत्मा सन्तुष्ठी दिएको सहभागिहरुले बताएका छन ।

बौद्ध गुरु लामाहरुले बौद्ध ग्रन्थका बुद्ध शन्देश पाठ गर्दै विश्व शान्तीको कामना गरेर सुरु भएको कार्यक्रममा बिधि पूर्वक पूजा अर्चना र प्रशाद बितरण गरिएको थियो ।

आयोजक संस्थाहरु तमु समाज, शेर्पा समाज,बिश्व मगर संघ, पासा पुच, तमाङ समाज, थकाली सेवा समिती, संयुक्त किरात समाज, किरात राई समाज, किरात याक्थुङ चुम्लुङ बेल्जियमले बौद्ध गुरुहरु लाक्पा शेर्पा, पासँग शेर्पा , पेमा वाङ्छु र मदन गुरुङलाई सम्मान गरिएको थियो ।

शेर्पा समाजका अध्यक्ष पिडी शेर्पाले अतिथिहरुलाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी बेनेलक्स एबम युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले आजको दिनमा सबैले रिस राग त्यागेर प्रेम र सद्भाबका लागि संकल्प गर्नु आबस्यक छ भन्नु भयो । विश्व युद्धको त्रासमा रहेको बेला हामीले बुद्धको प्रेम, करुणा र शान्तिको संदेश बाढ्नु पर्छ । उहाले बेल्जियमले आदिबासी संस्थाहरुले आफ्नो संस्क्रितीका साथै विश्व शान्तिका लागि गरेको कार्यक्रम प्रशंशा योग्य छ भन्नु भयो ।

कार्यक्रमका बिशेष अतिथी एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले बुद्ध संदेशहरु बाचन गर्दै भगवान गौतम बुद्धले करुणा र शान्तिको संदेश दिएर विश्वशान्तिका लागि योगदान दिनुभएकोछ भन्नु भयो । बुद्ध सबै नेपाली र विश्वका साझा आदर्श भएकोले हामी सबैका लागि पूजनीय हुनुहुन्छ भन्नु भयो ।

कार्यक्रममा एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष प्रेम गुरुङ, एनआरएन फाउन्डेशनका पदम गुरुङ, नेपाली मंच बेल्जियमका नबनिर्बाचित अध्यक्ष बिनोद न्यौपाने, एनआरएनए आईसिसी सदस्य मदन दवादी, आदिबासी जनजाती महासंघ बेल्जियमका उपाध्यक्ष मुना राईले बुद्ध जयन्तीको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधिका साथै बौद्ध धर्ममा आस्था राख्ने नेपाली समुदायको उपस्थिती रहेको थियो ।

कार्यक्रमका सभापति तमु समाजका अध्यक्ष होम गुरुङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै यस खाले कार्यक्रमले समाजलाई सकारात्मक बाटोमा लैजान सहयोग पुग्ने विश्वाश ब्यक्त गर्नु भयो ।

कार्यक्रमको संचालन तमु समाजका महासचिब चित्रजङ्ग गुरुङले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.