बेल्जियममा नेपाली फुड फेस्टिवल सम्पन्न

0

नेपाली खानालाई युरोपमा चिनाउने र यस मार्फत नेपालमा पर्यटनको प्रबर्धन गर्ने उद्यस्यले बेल्जियममा नेपाली फुड फेस्टिबल सम्पन्न भएकोछ । बेल्जियममा ब्यवसाय गर्ने नेपालीहरुको संस्था नेपाली ब्यबसायी संघ बेल्जियले संयोजन गरेको ‘फुड फेस्टिवल’  नेपाली राजदुताबास बेल्जियम, एनआरएनए बेल्जियम लगायतका संघ संस्थाहरुको सहकार्यमा भएको हो ।

नेपालका विभिन्न भेगमा खाइने थरीथरीका खानाका परीकार,  १५ वटा स्टलहरुले पाहुनाहरुलाई खानाको स्वाद चखाएका थिए ।

हस्तकलाका सामग्रीलाई युरोपियन बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले दुई वटा स्टलहरुमा हस्तकलाका सामानहरु सजाइएको थियो ।

स्टलमा आएर चासो राख्ने विदेशीलाई नेपाली खाना पकाउन प्रयोग हुने भाँडाकुँडा, मसलाबारे पनि जानकारी दिइएको व्यवसायी संघ बेल्जियम महासचिव जगदिश सापकोटाले जानकारी दिए ।

फुड फेस्टिवल समारोहको उद्घाटन लुभेन नगरपालिका मेयर मोहमद रुद्वानीले गरेका थिए ।

उनले लुभेनमा १५६ भन्दा बढी देशका मानिसहरु बस्दै आएको भन्दै नेपालीसँग झनै घनिष्ट सम्बन्ध रहेको बताए । मेयर रुद्वानीले नेपाल र नेपालीसँगको सम्बन्ध भविष्यमा अझ बलियो हुने विश्वाश ब्यक्त गरे ।

बेल्जियम र युरोपियन युनियनका लागि नेपाली राजदूत गेहेन्द्रराज भण्डारीले नेपाली खानाको मात्रै नभई नेपालको संस्कृतिको पहिचान र नेपाली आत्मीयता बेल्जियमबासिले सधैं सम्झने गरेको बताए ।

राजदूत भण्डारीले भने, ‘फेस्टिवलमा खानाको अलवा नेपाली विभिन्न उत्पादनहरुको पनि प्रदर्शन गरिएको छ । यी कार्यक्रमले दुई देशका जनतालाई एक आपसमा जोड्ने पुलको रुपमा काम गर्नेमा म विश्वस्त छु।’

उनले १५ भन्दा बढी देशका राजदुतहरु, बेल्जियम सरकार र युरोपियन युनियनका अधिकारीहरुले पनि फेस्टिवलको अवलोकन गरेको र नेपाली खनाको स्वाद लिएको बताए।

युरोपियन युनियनका डेपुटी डाइरेक्टर पाउला पाम्पालोनी लगायतका पदाधिकारीहरु , बेल्जियम संसदका सदस्य एबम परराष्ट्र सम्बन्ध समितिका सभापती एल्स भान होस, लगायत बेल्जियममा कार्यरत बिभिन्न देशका राजदुतहरुका साथै स्थानीय बेल्जिक नागरिकहरुको ब्यापक सहभागिता थियो ।

एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले नेपाली खाना र संस्क्रितीको प्रबर्धन गर्न नेबाबको प्रयास तारिफयोज्ञ छ भन्दै युरोपमा नेपाली संस्कृतिको पहिचानले नेपालको पर्यटन प्रबर्धनमा सहयोग पुग्छ भन्नु भयो ।

पाहुनाहरुलाई पञ्च कन्याहरुले स्वागत गरेका थिए, आयोजक संस्थाको तर्फबाट फेस्टिबल संयोजक एबम उपाध्यक्ष कासी दनै, अध्यक्ष चिरन कुमार खवास र राजदुत राजभन्डारीले मायाको चिनो प्रदान गरेका थिए ।

फेस्टिबलमा नेपाली खानाको स्टल राखेर खाना सर्भिस गरेका संस्था एबम ब्यक्तिहरुलाई र कलाकारहरुलाई नेबाब पदाधिकारीहरु निबर्तमान अध्यक्ष यामु निरौला, महासचिब जगदिश सापकोटा, सचिब बाबुराम शर्मा, सदस्य बेदराज पुरी लगायतले सम्मान गरेका थिए ।

फेस्टिबलमा  पुरै दिन नेपाली कला संस्क्रिति झल्कन्ने न्रित्य र झांकी प्रस्तुत गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.