वैदेशिक रोजगारीमा ठगिएका नेपालीको समस्या समाधान गर्न सभापति देउवाको आग्रह

0

काठमाडौँ \  नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको १२ औं साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा वैदेशिक रोजगारी महत्त्वपूर्ण रहेको बताउनुभयो ।

सभापति देउवाले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमीकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै श्रमीकलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमिकहरुको समस्या समाधानमा आवश्यक भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले श्रमीकहरु ठगिनु, दुःख पाउनु नहुने जिकिर गर्नुभयो ।

‘‘नेपालमा वैदेशिक रोजगार महत्त्वपूर्ण कुरा हो । एकातिर विदेशमा रोजगार गर्न नेपालीले पाउँछन् । एउटा कुरा सुनेँ मैले, त्यहाँ ठगिएका कुराहरु, दुःख पाएका कुराहरु मैले थाहा पाएँ, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ । साथसाथै जो रेमिटेन्सको पैसा आउँछ, नेपाललाई जो विदेशी पैसा पनि आउँछ, त्यसले नेपालको रेमिटेन्स मात्रै होइन, अरु पनि धेरै नेपाललाई फाइदा हुन्छ ।,’’ सभापति देउवाले भन्नुभयो, ‘‘त्यसका लागि यो अब यसलाई एकातिर रेमिटेन्स आवश्यक छ, अर्कोतिर व्यापारीहरु रोजगारीमा गएका साथीहरु ठगिनु भएन । दुःख पाउनु भएन, जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन् । यो वैदेशिक रोजगार एशोसिएशनले लिड रोल लिनुपर्छ ।’’

सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरुले समस्या समाधान गर्ने काममा लाग्न पनि निर्देशन दिनुभयो ।

Leave A Reply

Your email address will not be published.