थालेसिमिया रोगको उपचार प्रभावकारी बन्न सकेन

0

चितवन । थालेसिमियाका बिरामीहरुको उपचार प्रभावकारी बन्न नसकेको चितवनको भरतपुरमा आयोजीत एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । प्रभावकारी उपचारकै अभावमा प्रोढ हुन नपाउदै सानैमा मृत्यु हुने यो रोग को उपचारका लागि सबै लाग्नु पनैे उनिहरुले बताए । चितवन सहायता कोष बेल्जीयमबाट संकलित सहयोग रकम हस्तान्तरण तथा कोष को रकम वृद्धिकार्यक्रममा उपस्थित वक्ताहरुले यस्तो बताएका हुन् । भरतपुर अस्पतालमा उपचारार्थ थालेसिमियाका बिरामीहरुको लागि सो सहयोग रकम हस्तान्तरण गरिएको हो । चितवन सहायता समाज चितवनको संयोजनमा चितवन सहायता कोष, बेल्जियमले आयोजना गरेको कार्यक्रममा चितवन सहायता कोष, बेल्जियमका अध्यक्ष दिनेश प्रसाद भण्डारीले कार्यक्रमका प्रमुख अतिथि सांसद शेषनाथ अधिकारी मार्फत भरतपुर अस्पतालका अस्पताल विकास समितिका अध्यक्ष विजय सुवेदीलाई हस्तान्तरण गरेका छन् । कार्यक्रममा संस्थाका अध्यक्षँ दिनेश प्रसाद भण्डारीले थालेसिमियाका बिरामीहरुको उपचारको लागि भन्दै ९० हजार रुपैंया हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा चितवन- २ का सांसद शेषनाथ अधिकारीले आवश्यक उपकरण र प्रयोगशालाको अभावमा नेपालमा यो रोग लागेकाको आयु लम्याउन नसकेको मा चिन्ता प्रकट गरे । सांसद अधिकारीले बिरामीहरुको उपचारको लागि राज्य समेत सचेत हुनुपर्ने आवश्यकता औंल्याउंदै चितवन सहायता कोष, बेल्जियमले गरेको सहयोगको प्रशंसा गर्नुभयो । कार्यक्रममा बोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले थालेसिमिया रोगको उपचार पद्दति सहज नभएको, धेरै खर्चिलो, पनि भएको भन्दै थोरैले मात्र थाहा पाएको रोग भएकाले समेत समस्या भएको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटिका केन्द्धिय उपमहामन्त्री हरिप्रसाद न्यौपाने , चितवन सहायता कोष, बेल्जियमकी संस्थापक अध्यक्ष सीता सापकोटा, वरिष्ठ प्रहरी उपरिक्ष्क रमेश खरेल,ने कपा एमाले चितवन जिल्ला अध्यक्ष जेएन थपलिया, कांग्रे जिल्ला सदस्य कर्णबहादुर गुरुग, एनेकपा माओवादीकी जिल्ला कार्यलय सदस्य सगिता भटराई, राप्रपाकी विष्णु क्षेत्रि , महिला विकास कार्यालय चितवनकी प्रमुख शान्ता पौडेल,भरतपुर अस्पताल विकास समिति अध्यक्ष बिजय सुवेदि , एनआरएनए बेल्जीयमका अध्यक्ष गंगाधर गौतम, महिला अधिकारकर्मि मिना खरेल , डा. नारायण बहादुर थापा , लगायतकाले बोल्नु भएको थियो । सो अवसरमा चितवन सहायता कोष बेल्जियम कै कोष मा ३ लाख रकम थप गरिएको छ । सो कोषमा हालसम्म ४२ लाख ५६ हजार ७ सय २ रुपैया जम्मा भएको अध्यक्ष भण्डारीले जानकारी दिए । कोष ले स्थापना गरेको अक्ष्य कोष कोषको व्याज वाट संकलित रकम अस्पताल विकास समितिलार्ई हस्तानत्रण गरीने गरेको सस्थापक अध्यक्ष सापकोटाले जानकारी दिएकी छन् । ालेसिमीयाका बिरामीका लागि सस्थापक अध्यक्ष सिता सापकोटाका छोरीहरु स्नेहा र नेहा घिमीरेले जनही १ हजारका दरले सहयोग रकम प्रदान सो अवसरमा गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष दिनेश प्रसाद भण्डारीको अध्क्षतामा सम्पन्न भएको थियो भने चितवन सहायत समाजका अध्यक्ष राजेन्द्ध पौडेलले स्वागत तथा कोषका सदस्य चिजकुमार श्रेष्ठले कार्यक्रममा धन्यवाद मन्त्वय दिएका थिए । थालेसिमिया रगत सम्बन्धी हुने विभिन्न रोग मध्येको थालेसिमिया शरिमा रगत उत्पादन नहुने एक प्रकारको रोग हो । यो रोग लागेपछि रगत चडाएर बाच्नुको बिकल्प छैन । यो आनुवंशिक रोग हो । सरुवा रोग नभए पनि आनुवंशिक भएका कारण यो रोग एकबाट अर्को पुस्तामा सर्न सक्छ । थालेसिमिया रोगमा हेमोग्लोबिन पुष्ट रूपमा बन्न सक्दैन । अपुष्ट रूपमा तयार भएको हेमोग्लोबिनले शरीरमा अक्सिजन प्रवाह गर्न सक्दैन । थालेसिमियारोगमा यस्तो हेमोग्लोबिन वनाउने र मार्ने प्रक्रिया भइरहन्छ । यो आनुवंशिक रोग भएका कारण बाबु तथा आमा दुवैतर्फका पुर्खाहरूबाट सर्दै आउंछ । तर रगत चढाउन क्रममा पनि आइरन डिपोजीट भएर २० वर्ष भन्दा बढि प्राय विरामीहरु बाच्न सक्दैनन् । भरतपुर अस्पतालमा चितवन नवलपरासी, गोर्खालगायतका छिमेकि जिल्लाका ४० जना बिरामीहरुले उपचार गराइरहेका छन्र , नेपालमा थालेसिमिया रोग र यसका बिरामीबारे हालसम्म कुनै पनि अध्ययन भएको छैन । एकाध विदेशी संघ–संस्थाले नेपालका केही ठाउंमा खोज तथा अनुसन्धान गर्नुभन्दा थालेसिमिया रोगको बारेमा कसैलाई जानकारी नहुंदा समेत यो रोग न्यूनिकरणको लागि सरकारी पहल समेत भएको पाइंदैन । नेपालको कुल जनसंख्याको ४ प्रतिशत मानिसहरु यस रोगको प्रकोप देखा परेको छ भने धेरै बिरामीको उपचार अभावका कारण मृत्यु भइसकेको छ । थालेसिमिया रोगको बारेमा धेरैलाई थाहा नहुंदा समेत यो रोग लागेका बिरामीहरुको संख्या न्यूनिकरण हुन नसकेको हो । नेपालमा प्रविधिको कारण यी बालबालीकाले अल्पायैमा नै जिवन समाप्त भएको छ । मेडीकल सिटीको रुपमा रहेको देशकै केन्द्ध विन्दु भरतपुर अस्पतालमा यी रोगका बिरामीहरुले निशुल्क रगत को व्यवस्था मिलाउनका लागि क्याट बेल्जीयमले बिगत ७ वर्ष देखि आर्थिक लगायतका सहयोग गरेको छ ।
सृजना अर्याल

Leave A Reply

Your email address will not be published.