एनआरएन महिला फोरमले बाड्यो चेपाङाई राहत

0

चितवन । गैरआवासीय नेपाली संघ महिला फोरमले भुकम्प प्रभावित लोपन्मुख चेपाङ जातिलाई खाधान्य पोशाकलगायतका सहयोग गरेका छन् । रोटरी राष्टिय मा.वी परिसर मनोहरि ६ मकवानपुर मा जम्मा भई बसेका चेपाङलाई फोरमले सो सहयोग गरेको हो ।
सो सहयोग वितरण कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने महिला फोरमले नेपालको पिछडीएको चेपाङ
जातिलाई गरेको उक्त सहयोग प्रशंसा गर्नुभयो । सो अवसरमा उहाँले २१ औ शताब्दिामा पनि चेपाङसमुदायले गिठा भ्याकुर बाट जिवीका धानिरहन बाध्य भएको भन्दै उनिहरुको उत्थानको लागि सबैको पहल आवश्यक भएको बताउनु भयो ।
संघकै महिला फोरम संयोजक सफिला राजभन्डारीले चेपाङ समुदायलाई सहयोग गर्न पाएको खुशी लागेको बताउदै संसारभर बसेका नेपाली महिलाहरुलाई सो सहयोगको लागि धन्यवाद दिनुभयो । सो अवसरमा शुरुमा पोशाकहरु नै वितरण गर्ने भन्ने फोरमको निर्णय भन्दा पनि चेपाङ हरुले खाध्यान्नको आवश्यकता भएको भन्ने भनाई अनुसार चामल तेल , नुन लगायतका खाध्यान्न सहयोग गरेको जनाउनु भयो । मकवान पुरका जिल्लाका विकट राक्सिराङ र काकडा गा.वि.सका ८० घर परिवारलाई सो सहयोग वितरण गरेको हो । उनीहरु पनि गत वैशाख १२ र २९ गते नेपालमा गएको विनासकारी भुकम्प प्रभावीत भएका थिए । नेपाल को पछिल्लो जनगणना २०६८ अनुसार चेपाको जनसख्या ६८ हजार रहेको छ ।
यसै बिच चेपाङ समुदायको संरक्षणमा लागि परेको रत्नगर १० मंगलपुरमा रहेको गामँबेसीको चेपा संरक्षण केन्द्ध मा रहेका बालबालीका लाई स्टेशनरी सामान प्रदान गरेका छन् । मंगलवार साँझ केन्द्धमा महिला फोरमका टोली लगायत ग्रैहआवासीय नेपाली संघ का प्रतिनिधीहरु संरक्षण केन्द्ध अवलोकन गरि सो सहयोग प्रदान गरेका हुन् । चेपाङ संरक्षण केन्द्रमा १ सय ४० बालबालीका रहेका छन् ।
सो अवसरमा एनआरएन महिला फोरमकी सरस्वती चापागाईले रु १० हजार रकम संरक्षण केन्द्रलाई सहयोग गर्नु भएको छ । केन्द्र भौतिक निमार्णका लागि केन्द्रका अध्यक्ष केपीकिरण शर्मालाई सो रकम प्रदान गर्नु भएको हो । उक्त कार्यक्रममा गैहअवासीय नेपाली संघका र महिला फोरमका पुर्व पदाधिकारी आइसी सी सदस्य ,लगायत भर्खर निवाचित प्रतिनिधिीहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।
सृजना अर्याल

Leave A Reply

Your email address will not be published.