महामन्त्री स्व. गुरुङको निधनमा शोकसभा

0

एन्तोर्पेन । हालै दिवँगत हुनु भएका राप्रपा नेपालका केन्द्रीय महामन्त्री स्व. चन्द्र बहादुर गुरुङको सम्झनामा यहाँ स्थित एन्त्रोपेन शहरमा एक शोकसभाको आयोजना गरियो । बेल्जियममा स्थित सो दलको प्रवासी सँगठन प्रवासी नेपाली एकता समाजको आयोजनामा भएको शोकसभामा समाजका अध्यक्ष सुरेन्द्र अमात्य, महासचिव दीपेन्द्र के.सी., सचिव दीप कुँवर, सदस्य महेन्द्र पन्त, रिम रेग्मी, मदन गुरुङ, दिपक मल्ल, चण्डिका प्रसाद उपाध्याय, सन्तोष सिंह, विवेक उपाध्याय, सुरेन्द्र खडका आदिले स्व. गुरुङको राष्ट्रवादी अडान तथा कठीन घडीमा पार्टी निर्माण र सँगठन विस्तारमा निभाएको भूमिकाको प्रशँसा गर्दै उहाँ प्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
एन्तोर्पेन क्षेत्रीय समिति निर्माण
यसैगरी सोही एन्तोर्पेन क्षेत्रका सदस्यहरुको सहभागितामा भएको भेलाले स्व. गुरुङको निधनमा शोक प्रस्ताव पारित गर्दै शोक व्यक्त गरेको छ । एन्तोर्पेन क्षेत्रमा समाजको क्षेत्रीय भेला आयोजना गर्न क्षेत्रीय तदर्थ समितिको गठन पनि गरेको छ । मदन गुरुङको सँयोजकत्वमा नवगठित समितमा चण्डिका प्रसाद उपाध्याय, दिपक मल्ल, सन्तोष सिंह, विवेक उपाध्याय र रिम रेग्मी सदस्य रहनु भएको छ ।
पृथ्वी जयन्ती मनाइने
समितिको निर्णय अनुसार आगामी १० जनवरी २०१६ का दिन एन्तोर्पेनमै क्षेत्रीय अधिवेशन तथा पृथ्वी जयन्तीको आयोजना गरिने भएको छ ।
दीपेन्द्र के.सी.

Leave A Reply

Your email address will not be published.