देशको समृद्धिका लागि सोचेअनुसार काम भएनः अध्यक्ष दाहाल

0

काठमाडौँ \  राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले देशको समृद्धिमा सोचेअनुसार काम नभएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले साँचो समृद्धिको बाटो अझै सहज नरहेको जिकिर गर्नुभयो । उहाँले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतिहरुको सामाना गर्नुपरेको उल्लेख गर्नुहुँदै अस्थिरताका कारण सोचेअनुरुपको विकास हुन नसकेको बताउनुभयो ।

दाहालले दुर्गम गाउँहरुमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरुले महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले नेपाल प्राकृतिक श्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश रहेको पनि बताउनुभयो ।

‘‘नेपाल प्राकृतिक श्रोत, साधन, सम्पदा र अथाह सम्भावना भएको देश हो । वैभवशाली प्राकृतिक श्रोत साधन, सांस्कृतिक विविधता र मेहनती, स्वावलम्वी एवम् परिश्रमी मानिसहरुले भरिपूर्ण नेपाल अनेकतामा एकता भएको देश पनि हो । तर साँचो समृद्धिको बाटो भने सहज छैन । हामीले राजनीतिक अस्थिरतादेखि आर्थिक असमानताका थुप्रै चुनौतिहरुको सामाना गरेका छौँ । जसले हाम्रो देशको समृद्धिमा सोचेअनुसार काम भइरहेको छैन ।,’’ अध्यक्ष दाहालले भन्नुभयो, ‘‘दुर्गम गाउँहरुमा शिक्षा तथा स्वास्थ्य सेवाको पहुँच प्रदान गर्नेदेखि सीमान्तकृत समुदायको अधिकारको रक्षा गर्न सामाजिक संघसंस्थाहरुले महत्त्वपूर्ण भूमिका खेलका छन् । जसले श्रोतहरुको पहिचान गर्दै साझेदारीलाई बढावा दिँदै र व्यक्तिलाई आफ्नै विकासको जिम्मा लिन सशक्त बनाउँदै अगाडि बढिरहेका छन् ।’’

अध्यक्ष दाहालले अनुभव, अन्तरदृष्टि र उत्कृष्ट अभ्यासलाई साझा र सामूहिक गरेर मात्रै समुन्नत र समतामुलक नेपाल निर्माण गर्न सकिने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.