नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द

0

बाँके \ बाँकेको नेपाल–भारत जमुनाहा नाका तीन दिनका लागि बन्द भएको छ । भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा आउँदो सोमवार हुने लोकसभा निर्वाचनका लागि गएरातिदेखि सीमा नाका तीन दिनका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीकाअनुसार खुला सीमाका कारण बढ्न सक्ने सुरक्षा चुनौतीका कारण नाका बन्द गरिएको हो ।

नाका बन्द रहेका बेला एम्बुलेन्सलगायत अत्यावश्यक सेवालाई दुबै देशका सुरक्षाकर्मीको समन्वयमा कुनै अवरोध नहुने उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.