हरिबंश आचार्य अभिनित चलचित्र ‘महजात्रा’ मार्च २३ बाट बेल्जियममा प्रदर्शन हुने,

0

हरिबंश आचार्य अभिनित नेपाली चलचित्र महजात्रा मार्च २३ बाट बेल्जियममा प्रदर्शन हुने । यस फिल्मको युरोप बितरणको जिम्मा पाएको नेपाली मुभी टाइम्स, (एनएमटी) डेनमार्क ले इनास बेल्जियमको सहकार्यमा बेल्जियमका एन्तवेरपेन , ब्रुसेल, लुभेन, गेन्ट, ओस्टेन्डे र ब्रुगेका किनेपोलिस सिनेमा हलमा फिल्मको प्रदर्शन गर्नेछ ।

फिल्म प्रदर्शनबाट प्राप्त आम्दानीको केही रकम इनास बेल्जियमले संचालन गरेको नेपाली भाषा बिध्यालयलाई सहयोग गर्ने एनएमटी का राजमान तमाङले बताउनु भएकोछ । नेपाली भाषा संस्कृतिलाई सहयोग पुग्ने र मनोरन्जन पनि हुने भएकोले फिल हेरेर सहयोग गरिदिन इनास बेल्जियमकी अध्यक्ष बिनीता रिमाल कंडेल अनुरोध गर्नु भएकोछ ।

नेपालमा मार्च 22 ( चैत्र ९ ) मा रिलिज हुने फिल्म बेल्जियममा भने मार्च २३ मा रिलिज हुने भएकोछ । सोही समयमा युरोपका बिभिन्न शहरमा फिल्म प्रदर्शन गरिने एमएसएम इन्टरतेमेन्टले जनाएकोछ ,

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मको फस्टलुकमा मुख्य कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र सिंह बानियाँ र रवीन्द्र झालाई देखाइएको छ ।

हरिवंशलाई फस्टलुकमा ह्वीलचियरमा बसेको देख्न सकिन्छ । चार पात्रको अगाडि पैसा नै पैसा उडाइएको छ । जसलेगर्दा, यसपटक पनि फिल्मले पैसाको खेलालाई नै प्रस्तुत गरेको आँकलन गरिएकोछ ।

म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानीमा तयार भएको फिल्मका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् । षट्कोण फिल्मसको ब्यानरमा निर्माण भएको यो फिल्ममा वर्षा राउत, दिव्य देव लगायतका कलाकारको पनि अभिनय छ ।

केही दिन अघि मात्र छायांकन सकिएको फिल्ममा हरिवंशको अभिनयले यसलाई अझ विशेष बनाएको छ ।

यो फिल्मले बक्स अफिसमा बम्पर व्यापार गर्ने अपेक्षा गरिएको छ । फिल्मले कैयौं रेकर्डहरु तोड्ने विश्वाश गरिएकोछ।

फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन छ  ।

 

 

Leave A Reply

Your email address will not be published.