बाग्लुङ समाज बेल्जियमको जिल्लाका जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान,

0

वाग्लुङ समाज वेल्जीयमले जिल्लाका जनप्रतिनिधिहरुलाई बेल्जियममा स्वागत तथा सम्मान गरेकोछ ।  बेल्जियमस्थित बाग्लुङबासीको संस्था बाग्लुङ समाजले, बाग्लुङ जिल्ला बढिघाट गाऊपालिका अध्यक्ष गन्डकी थापा र ढोरपाटन नगरपालिका का.वा. प्रमुख धन बहादुर कायत (कल्याण कायत ), तथा उद्योग बाणिज्य संघ बाग्लुङका महासचिब ॠशि गौतम र सिवाईसी लघुबित्त नेपालका बोर्ड अफ डाइरेक्टर सुमन जिसीको सम्मान तथा स्वागत कार्यक्रममा गरेको हो ।

नेदरल्यान्डमा भएको सिवाइसीको ग्लोबल कन्फरेन्समा सहभागि हुन युरोप भ्रमणमा आएको मौकामा उहाहरुलाई सम्मान गरिएको समाजका अध्यक्ष महेन्द्र पन्तले जानकारी गराउनु भएकोछ ।

जिल्लाबासी र बेल्जियमका संघ संस्थाका पदाधिकारीहरु सँग भएको परिचयात्मक अन्तर्कृयामा पाहुनाहरुले युरोप सिकेको ज्ञान र सीप देशका लागि लगानी गर्न अनुरोध गर्नु भयो भने बेल्जियमबासिले युरोपमा भएको बिकास र यहाँको सामाजिक संरचना ,सेवा सुबिधाका बारेमा देखे भोगेको अनुभब आफ्ना गाउ र नगरमा लागु गर्न सुझाब दिनुभएको थियो ।

कार्यक्रममा वाग्लुङ समाज बेल्जियमका संरक्षक एबम एनआरएनएका उपाध्यक्ष गंगाधर गौतम, नेत्र मगर अध्यक्ष जनता समाजवादी वेल्जियम,चिरन खवास अध्यक्ष व्यवसायी संघ बेल्जियम, ईस्बरी कडेल अध्यक्ष चितवन सहायता कोष बेल्जियम,संजय श्रेष्ठ सचिव एनआरएनए वेल्जियम, गोविन्द सिंह अधिकारी महामन्त्री जनसम्पर्क समिति वेल्जियम,कुल वहादुर कार्की अध्यक्ष गुल्मी समाज बेल्जियम, जगदीश सापकोटा महासचिव व्यवसायी संघ वेल्जियम, लोक राना मगर अध्यक्ष विश्व मगर समाज बेल्जियम, लोकेन्द्र नेपाल उपाध्यक्ष एनआरएनए वेल्जियमको उपस्थिती रहेको थियो ।

बाग्लुङ समाज बेल्जियमका अध्यक्ष महेंद्र पन्तको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समाजका पूर्व महासचिव परमानन्द सापकोटाले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.