एमाओवादीले भोलि मन्त्रीको नाम सिफारिस गर्ने

0

काठमाडौँ, २७ असोज । सरकारमा सहभागी हुने मन्त्री छान्नका लागि आज बसेको एकीकृत नेकपा (माओवादी)को स्थायी समितिको बैठकमा सहमति जुट्न नसकेपछि भोलिसम्मका लागि स्थगित भएको छ । एमाओवादी प्रवक्ता दिनानाथ शर्माले आज स्थायी समिति सदस्यले सरकारमा सहभागिताबारे बोल्ने क्रम नसकिएकाले भोलि बस्ने गरी बैठक स्थगित भएको जानकारी दिनुभयो ।
अरु सबै सदस्यले आफ्नो धारणा राखिसके पनि स्थायी समिति सदस्य शक्ति बस्नेतले बोल्न बाँकी रहेकाले भोलि बिहान बस्ने गरी बैठक टुङ्गिएको उहाँले जानकारी दिनुभयो । आजको बैठकमा केही सदस्यले महासचिव कृष्णबहादुर महरा र केही सदस्यहरुले सचिव टोपबहादुर रायमाझीको नेतृत्वमा सरकारमा जानुपर्ने सुझाव दिएका थिए ।
बैठकमा स्थायी समिति सदस्यहरुले सरकारमा जाने मन्त्रीहरुका लागि निश्चित मापदण्ड बनाउनुपर्ने, सरकार सञ्चालनको कार्यविधि बनाउनुपर्नेमा जोड दिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो । भोलिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली तयार पारी सिफारिस गर्ने उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.