सङ्घीय संसदबाट थप २ वटा विधेयक पारित

0

आज सङ्घीय संसदबाट दुई वटा विधेयक पारित भएका छन् । राष्ट्रिय सभाबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक र प्रतिनिधि सभाबाट अनुगमन तथा मूल्याङ्कन विधेयक पारित भएसँगै यी दुवै विधेयक सङ्घीय संसद्को दुवै सदनबाट पारित भएका हुन् ।

अब राष्ट्रिय सभाबाट पारित भएको विधेयक प्रतिनिधि सभामा र प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा जान्छ । सम्बन्धित सभाले स्वीकार गरेपछि सभामुख वा राष्ट्रिय सभा अध्यक्षबाट प्रमाणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ जान्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा लागू हुनेछ ।

प्रतिनिधि सभाबाट यसअघि नै पास भएर गएको सम्पत्ति शुद्धीकरणसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक आज राष्ट्रिय सभाबाट पारित भएको छ । यस्तै आजै प्रतिनिधि सभाले पनि राष्ट्रिय सभाबाट पास भएर गएको अनुगमन तथा मूल्याङ्कन विधेयक पारित गरेको हो ।

गएको वर्षको मङ्सिरमा प्रतिनिधि सभा सदस्यको चुनावपछि सङ्घीय संसद्ले बनाएको यी दुई वटा कानुन दोस्रो र तेस्रो हुन् । यसअघि गएको साउन १२ गते सङ्घीय संसदबाट पारित भएर गएको मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको थियो । त्यो प्रतिनिधि सभा सदस्यको चुनावपछिको पहिलो ऐन हो । पहिलो ऐन बनेको सात महिनापछि सङ्घीय संसद्ले बल्ल थप दुई वटा ऐन बनाएको हो ।

Leave A Reply

Your email address will not be published.