होम कार्की सहित दश पत्रकारलाई अवार्ड प्रदान

0

हेटौंडा \  न्यू मिडिया एकेडेमीले प्रा.लिले सञ्चालन गर्दै आइरहेको हेटौंडा जर्नालिज्म् अवार्डको पाँचौं संस्करण शनिबार हेटौंडामा भएको छ । विभिन्न विधामा १० पत्रकारलाई अवार्ड प्रदान गरिनुका साथै अग्रज पत्रकारहरु समेत सम्मान गरिएको थियो ।  यस वर्ष देखी न्यू मिडिया एकेडेमीले हेटौंडा राष्ट्रिय जर्नालिज्म् अवार्ड नामाकरण गरी पाँचौ राष्ट्रिय हेटौंडा जर्नालिज्म् अवार्ड भएको हो । पिम नेपालसँगको सहकार्यमा एकेडेमीले संयुक्त रुपमा आयोजना गरिएको हो ।

न्यू मिडिया एकेडेमीका अध्यक्ष मणिराज गौतमको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता रहनुका साथै उपप्रमुख राजेश बानियाँको विशेष आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा मकवानपुरका प्रजिअ सुर्य प्रसाद सेढाई, हेटौंडा ६ का वडाध्यक्ष विष्णु बहादुर दाहाल, ७ नम्बर वडाका अध्यक्ष दामोदर गौतम, हेटौंडा ११ का वडाध्यक्ष जुना दाहाल, हेटौंडा १४ का वडा अध्यक्ष दीपक खड्का, समाजसेवी विद्युत बज्राचार्य, निमार्ता नरेन्द्र महर्जन, कलाकार सुशान्त कुमार श्रेष्ठ, चलचित्र पत्रकार संघ केन्द्रीय पूर्व अध्यक्ष शन्तिप्रिय, विदुर गिरी, निवर्तमान अध्यक्ष समस्र बलामी, मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू आतिथ्ता रहेको थियो ।

क्रियाशील पत्रकारहरुका प्रोत्साहन तथा हौसला बढाउनको निम्ति अवार्ड कार्यक्रमले थप उत्साहित हुने न्यु मिडिया एकेडेमी प्रालिका अध्यक्ष मणिराज गौतमले बताए । पहिलो पटक युएईबाट सुरु भएको यस कार्यक्रम राष्ट्रियकरण गरी अवार्ड प्रदान गरिएको उनले बताए ।

अवार्ड विभिन्न १० वटा विधामा १० जना पत्रकारहरुलाई प्रदान गरिएको थियो ।  प्रालिले २०७५ सालबाट अवार्ड दिंदै आएको छ । उत्कृष्ट पत्रकार वर्ष अवार्ड महिला र पुरुषको पुरस्कारको राशी १० हजार र सर्वोत्कृष्ट राष्ट्रिय पुरस्कारको राशी १५ हजार रहेको छ भने अन्य विधाको पुरस्कारको राशी ५ हजार  प्रदान गरिएको थियो ।

यी हुन् अवार्ड प्राप्त गर्ने पत्रकारहरु:
उदीयमान पत्रकार वर्ष अवार्ड-२०८० बाट समृद्ध समाज दैनिकका रवीन्द्र वाइवा
टेलिभिजन पत्रकार वर्ष अवार्ड-२०८० बाट टिम टेलिभिजनका मनिल महतो
अनलाईन पत्रकार वर्ष अवार्ड-२०८० बाट अनिरुद्ध खबर डटकमका अनिल पराजुली
चलचित्र पत्रकार वर्ष अवार्ड-२०८० बाट रातोसमाचार डटकमका राजेश थापा
ग्रामीण पत्रकार वर्ष अवार्ड-२०८० बाट न्युज ट्वान्टी फोर टिभीकी सुनिता विष्ट (कृष्णा)
खेलकुद पत्रकार वर्ष अवार्ड-२०८० बाट गोल नेपाल डटकमका विक्रम बानियाँ
खोज पत्रकार वर्ष अवार्ड -२०८० बाट साझाकुरा दैनिकका रेवती तिमल्सिना (नवीन)
उत्कृष्ट पत्रकार वर्ष अवार्ड -२०८० पुरुषतर्फ रातोपाटी डटकमका गणेश दुलाल
उत्कृष्ट पत्रकार वर्ष अवार्ड-२०८० महिलातर्फ सहीखबर डटकमकी सरिता दाहाल
सर्वोकृष्ट राष्ट्रिय पत्रकारिता वर्ष अवार्ड-२०८० बाट कान्तिपुरका होम कार्की

यस्तै सोही कार्यक्रममा आयोजकले अग्रज पत्रकारलाई समेत सम्मान गरेको छ । मकवानपुरमा रहेर लामो समय पत्रकारितामा सक्रिय रुपमा अहिले पनि लागिरहनु भएका तीन अग्रज पत्रकारलाई सम्मान गरिएको थियो । जसमा राष्ट्रिय समाचार समितिका मकवानपुर संवाददाता कृष्णराम परियार, ईमेज च्यानल टेलिभिजनका सुवर्णलाल श्रेष्ठ र उज्यालो नेटवर्कका पत्रकार एवं नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईलाई दोसल्ला, सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

त्यस्तै, मकवानपुरमा लामो समयदेखी संचार उद्यम गरिरहनु भएका तीनजना सञ्चार उद्यमीलाई सम्मान गरिएको थियो । जसमा संचार उद्यमी सम्मान २०८० बाट सामूदायिक रेडियो पालुङ एफएमका ध्रुवराज ढकाल, हेटौंडा एफ.एम र नेशनल गोल्ड टिभिका उज्वल चौलागाई र मकवानपुरको पहिलो दैनिक पत्रिका हेटौँडा सन्देश दैनिकका माधव न्यौपानेलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो । उनीहरुलाई नगर प्रमुख र उपप्रमुखले संयुक्त रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा मकवानपुरका विभिन्न संघसंस्थाका प्रमुख तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.