प्रतिनिधि सभाको बैठक आज बस्दै

0

हेटौंडा \ प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी विधेयक छलफल गरियोस् भन्ने  प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
साथै सो विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।

बैठकले नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको छ ।

Leave A Reply

Your email address will not be published.