कमजोरीलाई सुधार्दै शान्ति सुरक्षामा खटिन्छौ : डिआईजी केसी

0

हेटौंडा \ बागमती प्रदेश प्रहरी कार्यालयको कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गरेको प्रहरी नायव महानिरीक्षक(डिआईजी) विष्णुकुमार केसीले प्रहरीको कमीकमजोरी सुधार्दै प्रदेशभित्रको शान्ति सुरक्षामा खटिने बताएका छन् । कार्यालय प्रमुखको रुपमा दुई साता अघि हेटौंडा आइपुगेका केसीले आइतबार जिल्ला स्थित पत्रकारसँगको परिचयात्मक कार्यक्रममा उनले प्रहरी संरगठनमा भएका कमीकमजोरी सुधार्दै शान्ति सुरक्षामा निरन्तर लाग्ने बताएका हुन् ।

उनले पत्रकारहरुले जिल्लाभित्र हुने विभिन्न क्षेत्रगत विषयमा जानकारी गराउँदै भएका समस्याहरुको प्रश्नमाथी जवाफ दिँदै जिल्लामा उत्पादन हुने गाँजाखेती फँडानी कार्य निरन्तर गरिनुका साथै नदिजन्य पदार्थ अवैध उत्खननमा आफ्नो चासो रहेको बताए । ट्राफिक प्रहरीको ज्याजती, गर्नुपर्ने व्यवहारमा आफुले तत्काल निर्देशन दिने प्रतिवद्धता व्यक्त गर्दै डिआईजी केसीले ट्राफिक व्यवस्थापन, ओभरलोड सवारी साधनको विषय र स्थानीय तहका साथै विभिन्न संघसंस्थाको सहकार्यमा सिसीक्यामेरा जोड्ने विषयमा आफुले चासोका साथ लिएको बताए ।

संघीय सरकारले सिसीक्यामेराका लागि बजेट दिदैन, स्थानीय सरकार र संघसंस्थाको भर पर्नुपर्छः केसीले भने । शान्तिसुरक्षामा पनि प्रहरी एक्लैले गर्न नसक्ने भएकाले स्टेटहोल्डर सबैको सहकार्यमा मात्रै शान्ति सुरक्षा हुन्छ । मैले १५ प्रतिशत अपराध न्यूनीकरण गर्नेुपर्ने भनी कार्यसम्पादन सम्झौता गरेर आएको छु सोही अनुरुप आफु सक्रिय रुपमा लाग्ने डिआईजी केसीले भने ।

सञ्चारकर्मीले समाचारजन्य सामाग्री तीव्र र विश्वासनियका साथ पठाउन आग्रहका साथै जिल्लाका लागुऔषध गाजाँअफिमका विषय, सामाजिक सञ्जालले निम्ताएका अपराध, ट्राफिक व्यवस्थापन, ओभरलोड सवारी साधान, अटोदेखी सुमो व्यवस्थापन, अवैध नदिजन्य पदार्थ चोरी निकासी, लागुऔषध प्रयोगकर्ता वृद्धि र ओसारप्रसार, नाकामा हुने सेटिङका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक रवीकुमार पौडेल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश निवर्तमान अध्यक्ष प्रताप विष्ट, उपाध्यक्ष रुपेश दुलाल, मकवानपुर जिल्ला अध्यक्ष मणिराज गौतम लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.