डेनमार्कका लागि नेपाली राजदुत राय सँग नेपाली ब्यबासायी संघ डेनमार्कका पदाधिकारीहरुको भेटघाट र अन्तर्कृया,

0

डेनमार्कमा ब्यबसाय गरीरहेका नेपाली व्यवसायीहरूको संस्था नेपाली ब्यबसायी संघ डेनमार्कका पदाधिकारीहरु र डेनमार्कका लागि महामहिम राजदुत प्रोफेसर डा. रामस्वार्थ राय बिच भेटघाट र अनतर्कृया सम्पन्न भएकोछ । शनिबार कोपनहेगनको राजदुत निवासमा संस्थाका अध्यक्ष श्री मिलन टि. श्रेष्ठको ( पर्वते माईलो ) नेत्रित्वमा  भेटघाट, चियापान कार्यक्रम र अन्तर्कृया भएको हो ।

सो अबसरमा संस्थाको स्थापना , कार्यसमिति को परिचय , संस्थाको उद्देस्य र भबिष्यमा राजदुतावाससंग हुन सक्ने सहकार्य तथा अन्य समसामयिक विषयमा छलफल भएको सस्थाका उपाअध्यक्ष शशी श्रेष्ठले जानकारी गराउनु भएकोछ ।

डेनमार्कमा ब्यवसाय गरिरहेका र उच्च शिक्षा अध्ययनका लागि डेनमार्क आएका बिद्यार्थीहरुले आफुले सिकेको बिभिन्न बिधाका ज्ञान सिप र पुजीलाई ब्यवसायमा रुपान्तरण गरी नेपाल र नेपालीलाई डेनमार्कको बजारमा परिचय गराउने उद्धेस्य रहेको छ ।

नेपाललाई डेनमार्कमा प्रबर्धन गर्ने र यहाँ सिकेको ज्ञान र सीप नेपाली राजादुतावासको सहकार्यमा नेपालमा लागानी गरी द्वीदेशीय ब्यापारको ब्रिद्धी गर्ने प्रतिबद्धता संस्थाका लेखा निरीक्षक नविन पौडेलले जनाउनु भयो ।

नेपाली ब्यबसायी संघ डेनमार्क बिशुद्ध नेपाली ब्यबसायिहरुको एक आपसमा सहयोग र सेबाको उद्देस्यले सुरुवात गरिएको र संस्थामा आबद्ध सम्पूर्ण सदस्यहरुले ब्याबसाय गरी रहँदा आफुले भोगेका समस्या , आफ्नो अनुभब एक आपसमा साटासाट गरि अगाडी बढ्न एक अर्कोलाई सजिलो होस भनेर गतिबिधी गरी रहेको नेपाली ब्यबसायी संघ डेनमार्कका सचिव श्री कृष्ण अधिकारीले बताउनुभयो ।
त्यस्तै संस्था कोषाधक्ष कुलराजले संस्था र नेपाली राजदुतावासको सहकार्य गर्दा नेपाल र नेपालीलाई हुने फाईदाका बारेमा प्रष्ट पार्नु भयो । संस्थाका सदस्य प्रकाश विष्ट र योगेश भट्टराईले पनि ब्यबासायी संघका बारेमा प्रकाश पार्नु भएको थियो ।

अन्यमा संस्थाका अध्यक्ष मिलन टि श्रेष्ठले नेपाल ,नेपाली वजार र नेपाली ब्यबसायीहरुलाई डेनर्माकको बजारमा स्थापित गरेर ,
ब्याबसायिक सफलताका लागी सहयोग र सद्भाव बढाउनुका साथै अनुभव आदानप्रदान गर्ने र नयां अवधारणाका साथ व्यावसायमा संलग्न हुन चाहाने व्यक्तिहरुलाई प्रोत्साहान गर्ने,सामुहिक हकहितका लागि सामुहिक प्रयास गर्ने गरी कार्ययोजना तयार पारीएको बताउनु भयो ।

कार्यक्रममा महामहिम राजदुत रायले दुतावास नेपाली ब्यबसायिहरुको सहकार्यमा नेपाल सम्ब्रिद्धी र यहाँ रहेका ब्यबसायिहरुको सहजताका लागि सधैं सकारात्मक छ भन्नु भयो ।

Leave A Reply

Your email address will not be published.