बेल्जियममा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस,

0

नेपाली जनसंपर्क समिति बेल्जियमले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा  अन्तरकृया सहित जलपान कार्यक्रमको आयोजना गरेकोछ । नेपाली काङ्रेसका संस्थापक नेता बिश्वेस्वर प्रशाद कोइराला भारतमा लामो निर्बासन पछि राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर बिक्रम सम्बत २०३३ सालमा नेपाल फर्किएको सन्धर्ब पारेर नेपाली जनसंपर्क समिति बेल्जियमले कार्यक्रमको आयोजना गरेको हो ।

बेल्जियममा स्थापित बैचारिक संगठनका अध्यक्ष एबम प्रतिनिधीहरु लगायत सामाजिक संघ संस्थाका प्रतिनिधि उपस्थित कार्यक्रममा नेपालको बर्तमान अबस्थामा सबै शक्तिको एकता र मेलमिलाप अझ बढि आबस्यक भएको बक्ताहरुले बताएकाछन । नेपालमा बिभिन्न राजनीतिक पार्टी र समुदायको एकता जस्तै प्रबासमा पनि सामुहिक हितका लागि नेपाली संघ संस्थाहरुको एकता र मेलमिलापको आवस्यकता देखिएकोले आबस्यक छलफल र बहस गरेर कार्ययोजना ल्याउन सुझाब दिइएको थियो ।

युरोपको आधुनिक सामाजिक परीबेशमा हुर्कदै गरेको दोश्रो पुस्तासँग नेपालमा हुर्किएको पहिलो पुस्ताको तादाम्यता मिलाउन नसके बेल्जियमको नेपाली समुदाय सफल र सुखी हुन नसक्ने भएकोले दुबै पुस्ताको सोच र अनुभबको बारेमा अन्तर्कृया आबस्यक भएको पनि बक्ताहरुले सुझाब दिएका छन ।

नेपाली काङ्रेसका नेताहरु बिपी कोइराला, गणेशमान सिंह , कृष्ण प्रशाद भट्टराई लगायतको तस्बिरमा माल्यार्पन गर्दै सुरु भएको कार्यक्रममा ज्ञात अज्ञात सहिदहरुको सम्झनामा एक मिनट मौन धारण गरिएको थियो ।

सोही कार्यक्रममा नेपाली जनसंपर्क समिति बेल्जियमले गैर आबासीय नेपाली संघका केन्द्रीय पदाधिकारीहरु उपाध्यक्ष गंगाधर गौतम, सचिब लोक दाहाल, सल्लाहकारहरु सुबाश जोशी , प्रेम गुरुङ , चित्र सुबेदी , आइसिसी सदस्य मदन दवाडी तथा एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा र निर्वाचन समितिका सदस्य सचिब बिनोद न्यौपानेलाई सम्मान गरेकोछ ।

सो अबसरमा राष्ट्रिय एकता एबम मेलमिलाप दिवसको शुभकामना दिदै नेपाली जनप्रगतिशिल मोर्चा युरोपका सल्लाहकार बिष्णु भुजेल, नेपाली जन प्रगतिशिल मंच बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, प्रबासी नेपाली मन्च बेल्जियम प्रतिनिधि बिनोद न्यौपाने,प्रबासी एकता समाज बेल्जियमका अध्यक्ष अनिल थापा र जससका संस्थापक सभापति ध्रुब पौडेल, निबर्तमान सभापति पूर्ण तिमील्सिनाले आफ्नो भनाइ राख्नु भएको थियो ।

त्यसै गरि जससका पूर्व सभापति एबम गैर आबासीय नेपाली संघका उपाध्यक्ष गंगाधर गौतम, जससका पूर्व सभापति एबम एनआरएनएका सल्लाहकार सुभाश जोशी, एनआरएनए बेल्जियमका पूर्व अध्यक्ष एबम केन्द्रीय सल्लाहकार प्रेम गुरुङ , चित्र सुबेदी,  केद्रिय सचिब लोक दाहाल, जससका पूर्व सभापति एबम एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटा लगायतले राष्ट्रिय एकता तथा मिलमिलाप दिवसको शुभकामना दिदै आफ्नो भनाइ राख्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको बारेमा प्रकाश पार्नु भएको थियो ।

संस्थाका संस्थापक सभापति ध्रुब पौडेलको प्रमुख आतिथ्यता भएको कार्यक्रमको अध्यक्षता समितिका सभापति सुबाश गुरुङ र सन्चालन महामन्त्री गोबिन्द सिंह अधिकारीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.