जयनेपाल फाउन्डेसनको अष्ट्रेलिया च्याप्टर बिस्तार ,

0

अष्ट्रेलिया, १५ जनवरी।

जयनेपाल फाउन्डेसन अष्ट्रेलिया च्याप्टरलाई आजको बैठकबाट पूर्णता दिएको छ । डा. डिल्ली बन्जाडे अध्यक्ष र अभिमन्यु केसीलाई कार्यकारी सचिव चयन गरेर गठन भएको अस्ट्रेलिया च्याप्टरको बोर्ड सदस्यहरुमा डा. राजु अधिकारी, डिल्ली ढकाल, महेन्द्र लम्साल, डा. महेश भण्डारी, डा देवराज पौडेल, कञ्चन पोखरेल, पुरुषोत्तम मिश्र, सोमप्रसाद गुरुङ, जानकी रिमाल पौडेल र रमेश जोशीलाई मनोनयन गरेर पूर्णता दिईएको हो  ।

प्रजातान्त्रिक मुल्य मान्यताको सम्बर्धन गर्दै नेपालको लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन डायसपोराबाट सहयोग पुर्याउने र आधुनिक सामाजिक तथा राजनीतिक गतिबिधीलाई पारदर्शी बनाउन अभियान चलाऊने उद्यस्यले स्थापना भएको जयनेपाल फाउन्डेशन संगठन बिस्तार गरिरहेकोछ । विश्वका बिभिन्न देशमा यसका शाखाहरु खुल्ने क्रममा रहेकाछन , सोही क्रममा अस्ट्रेलिया शखालाई पूर्णता दिईएको हो ।

आजको बैठकमा जयनेपाल फाउन्डेसन अन्तरराष्ट्रिय कमिटीका अध्यक्ष डा. यादव पण्डितले भावना मिल्ने साथीहरु बिचको नेटवर्किङ् मार्फत  आफु रहेको समाज र नेपालमा समेत टेवा पुर्याउने उद्देश्य साथ संस्था स्थापना गरिएको बताउनु भयो ।

अष्ट्रेलिया च्याप्टर अध्यक्ष डा. डिल्ली बन्जाडेले कार्यसमिती बैठक बसी च्याप्टरले आँफै गर्न सक्ने, अन्तरराष्ट्रिय समितीसँग मिलेर गर्ने तथा नेपालमा गर्न सकिने कार्यक्रमको पहिचान  गर्नुपर्ने बताउनु भयो ।

सो बैठकमा नेपाल च्याप्टरका अध्यक्ष बद्री अर्याल तथा अष्ट्रेलिया च्याप्टरका पदाधिकारीहरुले आफ्नो धारणा राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.