बेल्जियममा किरात समुदायको प्रमुख चाँड उधौलीको रौनक

0

किरात याक्थुङ चुम्लुङ बेल्जियमले किरात समुदायको प्रमुख चाड उधौलीको अबसरमा धार्मिक पूजा,  सांस्कृतिक झाकी, नाचगान गर्दै मनाएकोछ । प्रकृति पुजक किराँत समुदायले किराती नयाँ बर्ष ५०८३ ,  चासोक तङनामको अबसरमा एक बिशेष कार्यक्रम गरी उक्त सांस्कृतिक पर्ब मनाएको हो ।

उधौली चाड नेपाल र बिभिन्न देशमा छरिएर वसोवास गर्ने आदिबासी किराँत समुदाय सुनुवार, राई, लिम्बु र याख्खाहरुले मनाउने महान चाड हो । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरुहुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुसीयालीमा मनाउने गरिन्छ।

कार्यक्रम मुन्धुम ग्रन्थ अनुसार पूजा अर्चना, नेपाली राष्ट्रिय गीत र साकेला न्रित्य सहित पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुताबास बेनेलक्सका त्रितीय सचिब रमेश गैरे, गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष सीता सापकोटा, नेपाल आदिबासी जनजाती महासंघ बेल्जियमका अध्यक्ष बीरमान मगर,किरात याक्थुम चुम्लुंग जर्मनीका अध्यक्ष संचमान जबेगु,  एनआरएनए बद्री केसी समुहकी महिला संयोजक अनुजा प्रधान लगायतले उधौली पर्बको शुभकामना दिनु भएको थियो ।

कार्यक्रममा किरात समाज जर्मनीका संस्थापक अध्यक्ष हिमाल सुब्बा लगायत बेल्जियममा कृयाशिल संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

उपस्थित पाहुनाहरुलाई किरात राई समुदायको परम्परा अनुसार सगुन सहित स्वागत गरिएको थियो । उधौली पर्ब र किरात सभ्यता बारेमा माकुना राईले जानकारी गराउनु भएको थियो भने उपस्थित अतिथिहरुलाई सविना लिम्बुले स्वागत गर्नु भएको थियो ।

संस्थाका कार्यबाहक अध्यक्ष पेमावती लिम्बुको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिब कला लिम्बुले गर्नु भएको थियो । सोही कार्यक्रममा संस्थाको तर्फबाट टप मोडेल किड्स प्रतियोगितामा फाइनल चरणमा प्रबेश पाएकी स्तुती बस्नेतलाई जिताउन भोटिङ गर्नको लागि आर्थिक सहयोग गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.