आज राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशित हुँदै

0

काठमाडौं \ राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको आज नामावली प्रकिशित हुँदैछ ।

राष्ट्रिय सभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका थिए ।  उजुरीको जाँचबुझ बज सकिने भएकोले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन तालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

यही पुसको २७ गते शुक्रबार नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता लिनसक्नेछन् । त्यसपछि सोही दिन नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ । यस निर्वाचनमा सात प्रदेशमा एक/एक मतदानस्थल र दुई/दुई मतदान केन्द्र कायम गरिएको छ ।

Leave A Reply

Your email address will not be published.