तमु समाज साइप्रसको ल्होसार सम्पन्न,

0

शास्त्र हराए संस्कार हराउछ , संस्कार हराए संस्कृति हराउछ , संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउछ”
( “प्ये म्हस्याँ छ्य म्हमु , छ्य म्हस्याँ ल्हु म्हमु , ल्हु म्हस्याँ म्हि म्हमु ” ) भन्ने शंदेशमुलक नाराका साथ तमु समाज साइप्रसले तमु ल्होसार मनाएकोछ । सात जनवरीमा निकोसियाको लक्सर क्लबमा आयोजना गरिएको ल्होसार कार्यक्रममा परम्परागत गुरुङ पोसाकमा सजिएका गुरुङ समुदायका दिदिबहिनीहरु र दाजुभाइहरुले आफ्नो कला संस्क्रिति प्रस्तुत गरेका थिए ।

साइप्रसको नेपाली समुदायका अग्रजहरु र संघ संस्थाका प्रतिनिधिहरु उपस्थित कार्यक्रम उल्लास पूर्वक सम्पन्न भएकोछ ।

तमु हरुको आफ्नो मौलिक भाषा,संस्कार,कला संस्कृति,भेषभुषा तथा आफ्नो परम्पराको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्यस्यले तमुहरुको महान राष्ट्रिय पर्व तमु ल्होसार ह्युइ-ल्हो (बिरालो बर्ग) लाई बिदाइ तथा मुप्री-ल्हो (गडुल बर्ग) लाई स्वागत गर्न आयोजना गरिएको तमु समाज साइप्रसले जनाएकोछ ।

संस्थाका अध्यक्ष बाल काशि गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी नायब उपरीक्षक संयुक्त राष्ट्र शान्ति मिसन साईप्रसको प्रहरी अधिकृत मोहनमणि अधिकारी, बिषेश अतिथिमा संयुक्त राष्ट्र शान्ती मिसन साईप्रसको प्रहरी अधिकृत रबिन्द्रमान गुरुङ तथा कमल बेलबासे, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसकी अध्यक्ष राधा पोखरेल थापा ,गैर आवासीय नेपाली संघका आइसीसी सदस्य कुन्दन कार्की, सुबास मल्ल हुनुहुन्थ्यो ।

कार्यक्रममा ल्होसारको शुभकामना दिनका लागि साइप्रसमा स्थापित राजनीतिक,जातीय तथा अन्य संघ संस्थाहरुको अध्यक्ष एबम प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.