कोशी प्रदेशको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

0

काठमाडौं \ कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकले विष्टलाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो ।

मंगलबार सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलको समर्थनमा राप्रपाका विष्ट सभामुखमा निर्वाचित हुनुभएको हो । विष्टको प्रस्तावकमा भक्तिप्रसाद सिटौला र समर्थकमा प्रेमराज थाम्सुहाङ रहनु भएको थियो ।

विष्ट गत निर्वाचनमा समानुपातिकतर्फ प्रदेशसभामा निर्वाचित हुनु भएको थियो । झापाको गौरादह नगरपालिका–७ का बासिन्दा ७० वर्षीय विष्ट संघीयता र गणतन्त्रका प्रखर विरोधी मानिनुहुन्छ । तर, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा गरी सबै गणतन्त्रवादी दलहरूको समर्थनमा कोशी प्रदेशको सभामुख बन्नुभयो ।

गत साउन १६ गते तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि कोशीमा सभामुख पद रिक्त थियो ।

Leave A Reply

Your email address will not be published.