जापानमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय नाग्यो

0

टोकियो \  जनवरी १ मा जापानमा गएको विनाशकारी भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म दुई सय नाघेको तथा  १०० बढी अझै बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । उनीहरूका अनुसार, नयाँ वर्षको पूर्व सन्ध्यामा आएको ७.५ म्याग्निच्युडको भूकम्पले जापानको होन्सु टापुस्थित नोटो प्रायद्वीपमा आगलागी हुँदा भवन तथा पूर्वाधारहरू ध्वस्त भएका थिए ।

भूकम्प गएको आठ दिन सम्म पनि उद्धारकर्ताहरू अवरुद्ध सडक र प्रतिकूल मौसमका बावझुत भग्नावशेष हटाउन र फसेका ३५ सय मानिसहरूसामु पुग्ने प्रयास गरिरहेका छन् । इशिकावा क्षेत्रीय अधिकारीहरूले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २००  जनाको मृत्यु भएको पुष्टि भएको छ भने १०२ जना बेपत्ता  रहेको बताइएको छ ।

अधिकारीहरूले सोमबार केन्द्रीय तथ्याङ्क अद्यावधिक गर्दासम्म बेपत्ताको सङ्ख्या तीन गुणा बढेर तीन सय २३ पुगेको थियो । जसमा धेरै जसो अति प्रभावित क्षेत्र बाजीमाका मानिसहरू  रहेको बुझिएको छ । प्रभावित क्षेत्रमा हिउँ परेकाले राहत कार्यमा कठिनाइ भइरहेको छ । सोमबारसम्म झण्डै ३० हजार मानिसहरू ४०० वटा सरकारी आश्रयस्थलमा शरण लिन बाध्य छन् । उनीहरूलाई पर्याप्त खाना, पानीको व्यवस्था गर्न कठिन भइरहेको अधिकारीहरूको भनाइ छ ।

झण्डै ६० हजार घरधुरी खानेपानी विहीन छन् भने १५ हजार छ सय घरधुरी बिजुलीविहीन भएका छन् । दिनदिनै परेको वर्षा र पहिरोका कारण सडकको अवस्था बिग्रिएको छ । मङ्गलबारको दैनिक विपद्–राहत सरकारी बैठकमा, प्रधानमन्त्री फुमियो किशिदाले मन्त्रीहरूलाई समुदायको समस्या समाधान गर्न  र प्रभावकारी उद्धार कार्य जारी राख्न“ निर्देशन दिनु भएको छ ।

जापानले हरेक वर्ष यस्ता भूकम्पको सामना गर्छ ।  यद्यपि चार दशकभन्दा बढी समयदेखि लागू भएको कडा भवन संहिताका कारण त्यति ठुलो क्षति  भने भएको थिएन । पुराना संरचनाहरू भएका विशेष गरी नोटो जस्ता ग्रामीण क्षेत्रहरूमा भने अझै धेरै क्षति हुने गरेको छ ।

सन् २०११ को भूकम्पले सुनामी निम्त्याउँदा करिब १८ हजार ५०० मानिसको मृत्यु  भएको थियो । रासस/एएफपी

Leave A Reply

Your email address will not be published.