जापानको क्युसुमा तामाङ समाज गठन

0

नेपालका विभिन्न जिल्लाबाट जापानको क्युसु क्षेत्रमा बसोबास गर्ने तामाङवासीले तामाङ समाज फुकुओका गठन गरेको छ । नयाँ गठित समाजले विष्णुबहादुर तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ । समाजको उपाध्यक्षमा हस्त तामाङ, कोषाध्यक्षमा सरोज तामाङ र सचिवमा सोनम लामा रहेका छन् । त्यस्तै सदस्यमा सुरेन्द्र घिसिङ, देवेन्द्र तामाङ, दिपेश पाख्रिन, प्रेम तामाङ, लक्पा घिसिङ, विक्रम घिसिङ, बेग तामाङ र पेमा तामाङ रहेका छन् ।
समाजले नेपाली समुदायमा आइपर्ने समस्यामा सामूहिक पहलमा एकताबद्ध हुने उद्देश्यले समाज गठन गरिएको जनाएको छ । नेपाली समुदायमा भैपरिआउने समस्या समाधानका लागि सहायता कोष स्थापनाका लागिसमेत पहल गरिने जानकारी समाजका अध्यक्ष विष्णुबहादुर तामाङले दिनुभयो ।

Leave A Reply

Your email address will not be published.