‘हात्तीछाप’ प्रचारका लागि देश दौडाहामा निस्किए सौगात र उपासना

0

काठमाडौं \ यतिबेला देशभर मेला, महोत्सवको माहोल छ । यस्तोमा, कलाकार र चलचित्रलाई पनि प्रवर्द्धनको चटारो छ । प्रदर्शन मिति नजिकिंदै गर्दा चलचित्र ‘हात्तीछाप’ पनि जिल्लाका महोत्सव पुगेर चलचित्रको प्रचार गर्दैछ ।

अभिनेता सौगात मल्लसहितको चलचित्र टोली यतिबेला पश्चिम नेपालमा व्यस्त छ । प्रस्तुतकर्ता किरण नेपाली, अभिनेता कमलमणि नेपाल लगायतको चलचित्र टोली महोत्सव पुगेर दर्शकलाई फिल्म हेर्न अपील गरिरहेका छन् ।

सौगात नेपालगञ्ज, कैलालीको लम्की र बर्दियाको गुलरियामा आयोजित महोत्सवमा सहभागी रहे । उनले त्यहाँ दर्शकलाई आफू अभिनित चलचित्रका चर्चित संवाद सुनाएका थिए ।

अभिनेता नेपालले पनि दर्शकलाई पेट मिचिमिची हँसाए । दर्शकले आफूसँग माघ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र हेर्न उत्साहित रहेको बताएको सौगातले जनाए ।

Leave A Reply

Your email address will not be published.