समुदायको पहिचानमा नै देशको समृद्धि निर्भर हुन्छ : प्रधानमन्त्री प्रचण्ड

0

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता र समृद्धि निर्भर हुने बताउनुभएको छ।

आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहने बताउनुभएको हो।

उहाँले नेपालका मौलिक चाडपर्वले नेपालीका बिचमा सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बताउने बताउनुभयो। उहाँले देशको विशेषता र मौलिकताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो।

प्रधानमन्त्री प्रचण्डले ल्होसार लगायत सबै सांस्कृतिक पर्वलाई राष्ट्रिय संस्कृतिको रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विभिन्न जाति एवम् समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, भेषभुषा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताउनुभयो।

Leave A Reply

Your email address will not be published.