भारतमा आगलागी हुँदा छ जनाको मृत्यु, नौ घाइते

0

नयाँदिल्ली \  भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रको एक कारखानामा शनिबार र आइतबारको मध्यरातमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । राज्यको छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो ।

आगलागीको कारण खुल्न सकेको छैन । घटनाको विवरण दिनका लागि आफू आधिकारिक व्यक्ति नभएको जनाउँदै एक प्रहरी अधिकारीले भने, “हामीलाई करिब १ः१५ बजे फोन गरेर आगलागी भएको जानकारी आएको थियो । हामी आगो निभाउने उपकरणसहित घटनास्थलमा पुग्यौँ । आगो निभाइएको छ । छ जनाको शव फेला परेको छ ।”

“घटनाको पुष्टि गर्दै स्थानीय दमकल विभागका एक अधिकारीले भने, “घटनामा छ जनाको मृत्यु भएको र नौ जनालाई घाइते अवस्थामा स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।”

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्या थप हुनसक्ने उनले बताए । रासस/सिन्ह्वा

Leave A Reply

Your email address will not be published.