क्रिसमसको सांगितिक साँझमा झुमे ग्रिसका नेपालीहरु,

0

उमा थापा, एथेन्स ,

ग्रीस नेपाली समाजले क्रिसमसको अवसर पारेर सोमबार ग्रीसमा भब्य सांस्कृतिक कार्यक्रम गरेको छ । ग्रिसको राजधानी एथेन्समा रहेको होटल प्रेसिडेन्टमा गरिएको कार्यक्रममा सयौ नेपालीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली रंगमञ्चका चर्चित कलाकार शिवहरी आचार्य,हास्यकलाकार जितु नेपाल (मुन्द्रे), गोपाल नेपाल (फिस्टे) यसैगरि संगीतप्रेमी महानुभावका  लागि नेपाली संगीत क्षेत्रमा दर्जनौ  लोकप्रिय गित पस्की सक्नु भएका गायकद्वय रामचन्द्र काफ्ले र जुनु रिजाल सहितका नेपालका चर्चित कलाकारहरु उपस्तिथि रहेको थियो ।

ग्रीस नेपाली समाजले आयोजना गरेको कार्यक्रममा ग्रिसको नेपाली समुदायका बरिष्ठ ब्यक्तिहरुको समेत सहभागिता रहेकोे थियो, भने लन्डनमा नेपाली मम:का राजा उपनामले चिनिने सेफ बिनोद बराल, माल्टा लगायत विभिन्न युरोपेली मुलुकहरूबाट समेत नेपालीहरुको सहभागिता रहेको थियो ।

पहिलोपटक युरोपको ग्रिसमा गरिएको नेपाली सांस्कृतिक कार्यक्रममा शिवहरी आचार्य र गोपाल नेपालको संयुक्त हास्यब्यङ प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएको थियो । यस्तै जुनु रिजाल र रामचन्द्र काफ्लेको सुमधुर संगितमा नेपाली दर्शकहरु मज्जाले झुमेका थिए ।

अर्का चर्चित हास्यव्यंग्य कलाकार जितु नेपाल मुन्द्रेले सबैलाई पेट मिची मिची हसाए।

कार्यक्रममा ग्रिसमै बसोबास गर्ने स्थानीय कलाकार साजन जोशीले दुईवटा गितले माहोल तताएका थिए , त्यसै गरी नवीन परियार,कान्छी गुरुङ ,डोल्मा तमाङ,नवीन अधिकारि लगायत अन्य कलाकार हरुको प्रस्तुति रहेको थियो ।

एनआरएनए ग्रिसका अध्यक्ष कृष्ण पोखरेल ,सन्तोष आचार्य ,रामु न्यौपाने, राजेश ओझा,दिपक गजुरेल,अनिल गुरुङ लगायतले कार्यक्रमको आयोजना गरे पनि अन्य सहयोगी समेतको साथ रहेकोे थियो ।

आयोजक टिमका कृष्ण पोखरेल ,सन्तोष आचार्य र रामु न्यौपानेले बिगत केहि समय अगाडि देखिबाट तयारी गरेर ग्रिसबासी नेपालीहरुको साथ र सहयोगमा कार्यक्रम गर्न सफल भएको बताए ।

Leave A Reply

Your email address will not be published.