टर्कीको अबरोध हटे स्वीडेन नाटोमा आवद्ध हुने

0

काठमाडौं । स्वीडेनले उत्तर उत्तर एट्लान्टिक सन्धि संगठन नाटोको सदस्यता पाउने सम्भावना बढेको छ । अहिलेसम्म टर्कीका कारण यो सम्भव भइरहेको थिएन ।

समाचार एजेन्सी ‘एपी’ को रिपोर्ट अनुसार मंगलबार टर्की संसदको एक समितिले नेटोमा सामेल हुने स्वीडेनको प्रस्तावलाई अनुमोदन गरेको छ । यो प्रस्ताव राष्ट्रपति रेसेप तैयप एर्दोगानको सरकारले राखेको थियो ।

यो स्वीडेनका लागि ठूलो सफलता हो । तर यसको उद्देश्य भने पूरा हुन सकेको छैन । अब स्वीडेनले टर्कीको महासभाबाट पनि सहयोगको अपेक्षा गरेको छ । यसको प्रक्रिया कहिले सुरु हुने भनेर घोषणा गरिएको छैन । टर्की सरकारले करिब एक वर्षदेखि स्वीडेनको नेटो सदस्यताको बाटोमा अवरोध खडा गर्दै आएको थियो । स्वीडेनलाई नेटोमा समावेश गर्ने अभियानले करिब ६ महिनाअघि गति लिएको थियो र त्यसमा अमेरिकाको महत्वपूर्ण भूमिका थियो ।

स्टोल्टनबर्गले जुलाईमा लिथुआनियाको भिल्नियस शहरमा नेटो शिखर सम्मेलनको क्रममा स्वीडेन र टर्कीका नेताहरूसँग भेटेका थिए । यसपछि एक संयुक्त वक्तव्यमा स्वीडेनका प्रधानमन्त्री क्रिस्टर्सनले भनेका थिए– स्वीडेनका लागि यो राम्रो दिन हो ।

नाटो सदस्यताको बदलामा, स्वीडेनले टर्कीको युरोपेली संघमा सामेल हुने प्रयासलाई समर्थन गर्नेछ । एर्डोगानले स्वीडेनको सदस्यताको बारेमा भनेका थिए कि स्वीडेनको नाटो प्रस्तावलाई टर्कीको संसदले अनुमोदन गर्नु अघि युरोपियन युनियन (ईयू) ले उनीहरूलाई सदस्य बनाउनुपर्छ । टर्कीले पनि स्विडेनको सदस्यतामार्फत लडाकु विमान उपलब्ध गराउन अमेरिकालाई दबाब दिइरहेको केही विज्ञहरूले बताए ।

Leave A Reply

Your email address will not be published.