अब योग्यताको आधारमा विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति हुन्छ: प्रधानमन्त्री

0

काठमाडौ \  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’ ले योग्यताको आधारमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको नियुक्ति गर्ने बताउनुभएको छ । सोमवार त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले त्रिभुवन विश्वविद्यालयबाट नै राजनीतिक भागबन्डाको अन्त्य गर्नेसमेत प्रतिबद्धता जनाउनुभयो । उहाँले नेपालमा आधारभूत शिक्षा मात्र निःशुल्क नभई विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाउने दिशामा काम गरिरहेको बताउनुभयो ।

उहाँले आर्थिक हैसियत भएकाहरूको मात्र उच्चशिक्षामा पहुँच हुन नहुने पनि बताउनुभयो । प्रधानमन्त्रीले उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लगिएको बताउनु भयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘कतिपय विकसित देशहरूमा आधारभूत शिक्षा मात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको छ । हामी पनि सोही दिशामा अग्रसर भइरहेका छाैँ । आर्थिक हैसियत भएकाहरूको मात्र उच्चशिक्षामा पहुँच हुनुहुँदैन भन्ने हाम्रो स्पष्ट दृष्टिकोण छ । विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने स्थिति हटाई समतामूलक, सबै वर्ग, समुदायले उच्चशिक्षा सर्वसुलभ हुनुपर्दछ । यसका लागि उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै लैजाने हाम्रो प्रयास छ । देशको समृद्धिमा प्राविधिक जनशक्तिको महत्त्वपूर्ण योगदान रहन्छ । त्रिभुवन विश्वविद्यालयबाट नै राजनैतिक भागबन्डाको अन्त्य गर्ने र मेरिटको आधारमा भिसी नियुक्ति गर्ने प्रतिबद्धता जनाउँछु ।’

प्रधानमन्त्री दाहालले आफ्ना विद्यार्थीलाई विश्व बजारमा अब्बल प्रमाणित गर्न सक्ने बनाउनु त्रिभुवन विश्वविद्यालयको आजको चुनौती रहेको बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउनु यो ।

Leave A Reply

Your email address will not be published.