त्रिभुवन विश्वविद्यालयले बनायो विश्व रेकर्ड, एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित

0

त्रिभुवन विश्वविद्यालयले विश्व रेकर्ड कायम गरेको छ । एकैपटक सबैभन्दा धेरै विद्यार्थी दीक्षित गराएकोमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ ले विश्वविद्यालयलाई प्रमाणपत्र दिएको हो ।

यो वर्ष त्रिविबाट ७३ हजार सात सय ४९ विद्यार्थी दीक्षित हुन योग्य थिए । आज साेमवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको ४९ औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका विश्वविद्यालयले जनाएको छ । ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ ले विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्राध्यापक डाक्टर शिवलाल भुषाललाई विश्व रेकर्डको प्रमाणपत्र उपलब्ध गराएको छ ।

आजको दीक्षान्त समारोह अवलोकन गर्न ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ का प्रतिनिधि नेपाल आएका छन् ।

Leave A Reply

Your email address will not be published.