कान्ती अधिकारीको अध्यक्षतामा नेपाली मिलन केन्द्र एन्टवेरपेनको नयाँ कार्यसमिति

0

नेपाली कला संस्क्रितिको संरक्षण र सम्बर्धन गर्नका लागि सन २००९ मा बेल्जियमको अन्तवेरपेनमा स्थापित सामाजिक संस्था नेपाली मिलन केन्द्रको अध्यक्षमा कान्ती अधिकारी चयन हुनु भएकोछ ।

आइतबार सम्पन्न भएको संस्थाको सातौ अधिबेशनले अध्यक्षमा अधिकारी, उपाध्यक्षमा गणेश अधिकारी र प्रभा अर्याल, महासचिबमा कबिता सिंखडा दाहाल, सचिबमा ललित पोख्रेल, कोषाध्यक्षमा बिमला अधिकारी र सहकोषाध्यक्षमा युद्ध बहादुर थापालाई सर्बसम्मत चयन् गरेकोछ ।

त्यसै गरि सदस्यहरुमा बिना खतिवडा,रिता गौतम, तारा अंमाई, ध्रुब सिंखडा, भगवती पहारी, दामु अधिकारी,भावना खतिवडा, र रेनु गुरुङ चयन हुनु भएकोछ ।

यस अघि पानसमा दीप प्रज्वलन गरि प्रमुख अतिथी बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, बिशेष अथिति एनआरएनए बेल्जियम कि अध्यक्ष सीता सापकोटा, संस्थाकी अध्यक्ष सुशिला खतिवडाले अधिबेशनको उद्घाटन् गर्नु भएको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी राजदुत राजभण्डारी, बिशेष अतिथी एनअरएनए अध्यक्ष सापकोटा, संस्थाका सल्लाहकार चित्र सुबेदी, अर्जुन गुरुङ, एनआरएनए आइसिसी  सदस्यहरु मदन दवाडी, हरी भट्टराई, उपाध्यक्ष कासी दनै, महिला उपाध्यक्ष साबित्रा गिरी, सचिब रमेश दाहाल, नेपाली जनसंपर्क समिती बेलागिउमका सभापति सुबाश गुरुङ, जनप्रगतिशिल मन्चका अध्यक्ष प्रकाश पौडेल, प्रबासी नेपाली मंचका अध्यक्ष इशा गुरुङ, जन प्रगतिशिल मोर्चा युरोपका निबर्तमान अध्यक्ष बिष्णु भुजेल, लुम्बिनी कपिलबस्तु अभियान बेल्जियमका संस्थापक दामोदर आचार्य, नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, पत्रकार डिल्लि अंमाई, गोपाल दाहाल लगायतले अधिबेशनको सफलताको शुभकामना दिनु भएको थियो ।

नेपाली मिलन केन्द्रका अध्यक्ष सुशिला खतिवडाले आफ्नो कार्यकालमा भएका गतिबिधीबारेमा प्रकाश पार्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिनु भएको थियो । अध्यक्ष खतिवडाको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिब लक्ष्मी अधिकारीले गर्नु भएको थियो ।

बन्दसत्रमा महासचिब अधिकारीले प्रगति प्रतिबेदन र कोषाध्यक्ष कान्ती अधिकारीले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिबेदन पारीत गरिएको थियो ।

नेपाली मिलन केन्द्र आन्त्वेर्पेनले बेल्जियममा नेपाली समुदायको लागि विभिन्न चाडपर्वमा सांस्कृतिक गतिविधि, अवलोकन भ्रमण र नेपाली पहिचानलाई प्रबर्धन गर्ने सामाजिक सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।

अधिबेशनमा उपस्थित धेरै अतिथीहरुले संस्थाले गरेको सांस्कृतिक कार्यक्रम र सामाजिक एकता बढाउने गतिबिधीको प्रशन्शा गर्नु भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.