बेल्जियममा शरण लिनेको सङ्ख्या १५ वर्षकै उच्च

0

ब्रसेल्स, २१ असोज । बेल्जियममा शरण लिन पुग्ने आप्रवासीको सङ्ख्या गएको १५ वर्षकै उच्च पुग्न लागेको यहाँका स्थानीय सञ्चारमाध्यमले जनाइएका छन् । बेल्जियमको एक दैनिक पत्रिका डे स्टान्डर्डले शरणार्थीसम्बन्धी बेल्जियम कमिसनर जनरल तथा राज्यविहीन नागरिकले बुधबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन २०१५ को सुरुदेखि अहिलेसम्म २२ हजार २६६ आप्रवासीले शरणार्थीका लागि आवेदन दिइसकेका छन् ।
शरणार्थीका लागि आवेदन सेप्टेम्बरमा मात्रै ५ हजार ५०० पुगेको जनाइएको छ । यो अगस्टको तुलनामा १९.३ प्रतिशतले वृद्धि हो भने सन् २०१४ सेप्टेम्बरको तुलनामा २०६.७ प्रतिशत बढी हो । शरणार्थीका लागि आवेदन दिने १० जना आप्रवासीमध्ये सात जना इराकी र सिरियाली नागरिक भएको पनि डे स्टान्डर्डले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.