कांग्रेस महाधिवेशन फागुन २०- २३ गते

0

कांग्रेसले आफ्नो १३ औं महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा सम्पन्न गर्ने भएको छ । कांग्रेस केन्द्रीय समितिको बुधबार बिहानको बैठकले कांग्रेसको १३ औं अधिवेशनको कार्यतालिका तय गरेको हो।
गाउँ, नगर वडा र नगर अधिवेशन माघ १५ सम्म, क्षेत्रीय माघ २२ सम्म, जिल्ला अधिवेशन माघ २५ सम्म सम्पन्न गर्ने गरी तयारी अघि बढाउने निर्णय गरेको जानकारी कांग्रेस केन्‍द्रीय कार्यलयका सचिव प्रदीप पराजुलीले दिएका छन् । बैठकमा नयाँ सरकार गठन, प्रधानमन्त्री चयन, भारतबाट भएको अघोषित नाकाबन्दी र मधेस आन्दोलनबारे छलफल भएको छ । भएको थियो । तर यसबारे भोलि मात्र निर्णय हुने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.