भाई बहिनीहरुको शैक्षिक बिकासका लागी गेन्टमा खुल्यो दिदीदाई भिजेडवे,

0

प्रबासमा हुर्कदै गरेका नेपाली समुदायका बालबालिकाहरुलाई व्याबहारिक, सांस्कृतिक ज्ञान र शैक्षिक बिकासमा सहयोग गर्ने उद्यस्यले गेन्ट शहरमा ”दिदीदाई भिजेडवे” को स्थापना भएकोछ । सामाजिक अभियानमा सक्रिय नेपाली युबाहरुको समुहले आफुले जानेको सीप र आर्जन गरेको ज्ञान भाईबहिनीहरुलाई सिकाउने अभिप्रायले ‘दिदिदाई’ नामक  गैर नाफामुलक संस्था सुरु गरेका हुन ।

नेपाली पारिवारिक परिबेश र बिद्यालयको फरक बातावरणका साथै फरक सामाजिक परिबेशमा साना भाईबहिनीहरुले ब्यहोर्नु पर्ने मानसिक उद्बेलनलाई सकारात्मक बाटो देखाउने लक्ष राखेर आफु जस्तै समान बिचारका युबाहरुको समुहले स्वयमसेवकका रुपमा काम गर्ने गरि संस्था स्थापना गरेको संस्थाकी संयोजक निशा गुरुङ बताउनु भएकोछ ।

भाषिक ज्ञानको कमी र सांस्कृतिक भिन्नता का कारण अबिभाबकहरुले आबस्यक सल्लाह दिन नसक्दा बालबालिकाहरुको भबिष्य अन्योल हुने सम्भाबनालाई दिदीदाई भिजेड्वेबाट सहयोग पुग्नेछ । अहिलेका लागि हरेक आइतबार बिहान १० बजे बाट १२ बजे सम्म ब्यक्तित्व बिकासमा सहयोग पुग्ने हाजिरी जवाफ, नाचगान, खेलकुद,सहरका सांस्कृतिक एबम मनोरन्जन स्थलको अबलोकन लगायतका कार्यक्रम संचालन गरिनेछ । जीबनपयोगी नैतीक ज्ञानका साथै होमवोर्क, साप्ताहिक प्रगति विवरणका साथै परिक्षाको तयारी गर्न पनि सहयोग हुने गरी सिलेबस तयार गरिएकोछ ।

शहरका फरक फरक बिद्यालयमा अध्ययनरत समान उमेर समुहका बाबुनानीहरुलाई एक ठाउँमा जम्मा गरेर उनिहरुका अनुभब र अन्य आबस्यक बिषयबस्तु साझा गर्ने चौतारी पनि दिदीदाई भिजेडवे हुने अपेक्षा राखिएको छ ।

संस्थाले अबिभाबकहरुको भेला र अनुभब आदान प्रदानका साथै मनोरन्जनात्मक कार्यक्रम गर्नेछ भने आफ्ना सन्तानलाई असल शिक्षा दिन गर्नु पर्ने उपायका बारेमा सुझाउनेछ । संतानको सैक्षिक बिकास, कठिनाई, समाधान र सम्भावनाका बारेमा पनि उनिहरुको कर्तब्य पुरा गर्न आबस्यक जानकारीहरु प्रदान गर्नेछ ।

नेपाली समुदायका बालबालिकाहरुको उज्वल भबिष्यका लागि स्थानीय संघ संस्थाहरु सँग सहकार्य गर्ने र नेपाली अबिभाबकहरुलाई जागरुक बनाएर उन्नत शैक्षिक बातावरण भएको परिवार र समाज बनाउने दिदीदाई भिजेड्वे सफल हुने विश्वाश गरिएकोछ ।

 

Leave A Reply

Your email address will not be published.