२० सौ सताब्दिका क्रान्तिकारी आध्यात्मिक चिन्तक आचार्य रजनिश (ओशो)

0

विश्वका ५० भन्दा धेरै भाषामा अनुबादित ६५० भन्दा धेरै किताब र हजारौ अडियो भिडियो मार्फत विश्व शान्ती र प्रेमपूर्ण समाज निर्माणका लागि पुरै जीबन समर्पण गरेका आचार्य रजनिश (ओशो) मानब जीबनको वास्तविक अर्थ बुझाउने उपदेशक र ध्यान पद्धतिका पर्बर्तक हुन ।

२०औ सताब्दीका महाशक्ति अमेरिका र रुढिबादी भारत लगायत शोषनका अनेक चक्र चलाई रहेका देशका सरकारहरुलाई एक्लै चुनौती दिएका आध्यात्मिक बिद्रोही ओशो यस संसारमा जम्मा ५८ बर्ष रहनु भयो । अमेरिकाको जेलमा मस्तिष्कलाई बिस्तारै निस्कृय बनाउने थेलियम नामक बिष दिएका कारण उहाको सरिर छिट्टै जिर्ण भयो र ५८ बर्षको उमेरमा सन १९९० मा भारतको पुणे महाराष्ट्रमा उहाको निधन भयो ।

ओरेगनको निर्जन जमिनमा रजनिशपुरम नामक आत्मनिर्भर शहर निर्माण भयो, स्थायि बसोबासका लागी संसार भरिबाट त्यहा पुगेका ज्ञान र ध्यानमा डुबेका करिब दस हजार सन्यासिहरुको मस्तपन सँग डराएका त्यहाका क्रिष्चियन जनप्रतिनिधी र तत्कालिन अमेरिकन राष्ट्रपती रोनाल्ड रिगनले सिआईए लगाएर शहर नष्ट गर्ने र ओशोलाई जेल हाल्ने योजना अनुरुप रजनिशपुरममा पठाईएका सिआईएका अन्डरकभर एजेन्टहरुले ओशोकी निजी सचिब रहेकी मां शिलालाई प्रयोग गरेर कम्युनलाई नष्ट गराए भने अध्यागमन कानुन तोडेको आरोप लगाएर ओशोलाई जेल हालियो । तत्कालिन भारतमा धर्मको नाममा शोषन गरिरहेका पन्डित पूजारी र धर्मगुरुहरुले ओशोलाई मार्ने अनेक षड्यन्त्र गरे पनि सफल हुन सकेनन, हत्या प्रयास सफल नभए पछि उहालाई सेक्स गुरु वा ओपन सेक्सको हिमायति भनेर बदनाम गराउने अभियान चालियो ।

सत्यको पक्षमा अडिग रहने र समाजलाई सधैं दास बनाउन प्रेरित गर्ने शिक्षालाई सानै उमेरबाट चुनौती दिएका कारण ओशो आफ्नो जीबनमा धेरै बिध्यालय र बिश्वबिद्यालयबाट निस्काशित हुनु भयो तर परिक्षामा सधैं गोल्डमेडालिस्ट भए उत्तिर्ण हुनु भयो । ओशोका अधिकांश गुरुहरु पछि उहाको सन्यासी बने । जीबनको सत्य लाई बुझ्ने शिक्षा र बाहिरी ज्ञान पेशा ब्यवसायका लागि दिने शिक्षाको भिन्नता छुट्याउन नसक्दा सरकारले जति प्रयास गरे पनि समाज न्यायपूर्ण हुन सकेको छैन तसर्थ आधुनिक शिक्षामा आमुल परिवर्तन चाहिन्छ भन्नु हुन्थ्यो ।

पन्डित पुरोहितहरुले पाप र धर्मको सिमा छुट्ट्याई दिएर त्यसकै आधारमा समाजलाई शोषन गरेका कारण संसारमा अशान्ती फैलिएको, मानिस दीन हिन भएको , गरीबी र भोकमारी फैलिएको तथ्य, तर्क सहित प्रस्तुत गर्दा त्यस बेलाका शक्तिशालीहरुले ओशो अभियानलाई निर्मुल पार्ने प्रयास गरे । भारतीय संसदमा उहा बिरुद्ध आवाज उठ्न थाले, परम्पराबादी सन्त महन्तहरु बिरोधमा उत्रन थाले तर ओशोलाई सुन्ने र अनुसरण गर्नेहरु बढ्न थाले ।

बैज्ञानिक चिन्तन भन्दा परम्परालाई पछ्याउने भारतीय समाज भन्दा स्वतन्त्रताको व्याबहारिक अभ्यास गरेको पश्चिमी समाजले ओशोलाई छिट्टै बुझ्यो र जर्मनी, अस्ट्रिया, लगायतका देशका राजकुमारहरु, विश्व प्रसिद्ध लेखक, कबि कलाकार,चिन्तक दार्शनिकहरु उहाका अनुयायी बने, भारत र नेपालको सम्ब्रिद्ध बर्गले लुकिछिपी उहाका पुस्तकहरु पढ्ने गरे पनि सामाजिक डरले खुलेर स्विकार्न सकेनन ।

मनुष्य जातिको कल्याणमा समर्पित संसारको कुनै पनि बुद्ध पुरुषहरुका उपदेशलाई २० सौ सताब्दिका मानिसले बुझ्ने भाषामा बुझाउनु भएकोछ । भारतका प्रख्यात कथाबाचक मुरारीबापुले भनेझै आज ९० प्रतिशत अध्यात्मिक उपदेशक अथवा कथाबाचक ओशोलाई पढ्छन ,केहीले स्विकार्छन, धेरै भन्दैनन ।

ओशोका बैज्ञानिक ध्यान बिधि र आधुनिक मानब मस्तिष्कको गहिराईलाई छुने उपदेशहरुले ओशोको जीबनकालमा भन्दा आज धेरै मानिस ओशो प्रेमी भएकाछन । संसार भरि संचालित ३५० भन्दा बढी ओशो ध्यान केन्द्रमा हजारौ मानिस ज्ञान ध्यानको मार्गबाट प्रज्ञान्वित भैरहेकाछन ।

आज डिसेम्बर ११ सद्गुरु ओशोको जन्मोत्सबको अबसरमा ओशोका केही जीबनपयोगी सन्देश ।

 ##यो संसार अपूर्ण छ त्यसैले यो बिकास भैरहेकोछ,यसमा सिर्जनको प्रकृया निरन्तर चली रहेकोछ नत्र यो मरिसकेको हुन्थ्यो,जीबन पनि अपूर्ण छ सुख दु:ख खेप्दै यो पूर्ण बिकशित हुन्छ ।
##तपाईंले जीबनको अर्थ त्यतिबेला मात्र पाउनु हुन्छ जब तपाईं यसलाई आफ्नै बिबेकले निर्माण गर्नु हुन्छ, जीबन कबिता हो, तपाईंले लेख्नु पर्छ, गाऊनु पर्छ, यसलाई न्रित्य बनाउनु पर्छ ।
##एक समुदाय, एक राष्ट्र , एक जाती एक धर्मको होइन पुरा अस्तित्वको हिस्सा बन्नुहोस, खुला आकाश र पुरा प्रिथ्बी तपाईंको हो किन आफुलाई सिमित गर्नु हुन्छ ?
##प्रेमिहरुले कहिल्यै कसै सँग आत्मासमर्पण गर्दैनन, प्रेम प्रतिको समर्पण नै सच्चा प्रेम हो ।
प्रेम एउटा आध्यात्मिक घटना हो । बासना भौतिक हो, अहंकार मनोबैज्ञानिक र प्रेम आध्यात्मिक हो ।

##तपाईंको बारेमा, समाजको बारेमा धर्म आदिको बारेमा तपाईंको सोच उनिहरु सँग उधारो लिएको हो जसलाई आफ्नो बारेमै केही थाहा छैन ।
##तपाईंलाई जतिबेला डर लाग्छ, बिबेक सम्मत खोज्ने प्रयास गर्नु भयो भने त्यसको जरा मृत्‍यु सँग जोडीएको पाउनु हुनेछन जीबका सबै डरको श्रोत मृत्‍युको डर हो , ध्यान र साधनाले मृत्‍युलाई चिन्न सक्छौ र जीबन सहज हुन्छ ।

##प्रेमनै जगतको आधार हो, आफुलाई प्रेम गर, परिवार प्रेममय हुन्छ, प्रेमपूर्ण परिवार र समाजनै विश्व शान्तिका आधार हुन ।

Leave A Reply

Your email address will not be published.