राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते गर्न प्रस्ताव

0

काठमाडौं \ निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आउँदो माघ ११ गते निर्वाचन गर्न प्रस्ताव गरेको छ। आयोगले बिहीबार सरकारलाई परामर्श दिँदै माघ ११ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको हो । आयोगले राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुन आउने एक तिहाइ सदस्य पदहरूको प्रत्येक दुई वर्षमा निर्वाचन गर्दै आएको छ ।

नेपालको संविधानको धारा ८६ को उपधारा ९३० बमोजिम प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ (नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित सदस्य १ र निर्वाचित सदस्य १९ जना) सदस्यको  आगामी फागुन २० मा पदावधि समाप्त हुँदैछ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पदावधि सकिनु पैँतीस दिन पहिले नै निर्वाचन सम्पन्न गरि सक्नुपर्ने व्यवस्था रहेको छ। जसअनुसार माघ १५ गतेसम्म रिक्त सदस्यको पद पूर्तिका लागि निर्वाचन सम्पन्न गर्नुपर्ने हुन्छ ।

निर्वाचनको आवश्यक तयारी र निर्वाचन परिणाम प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्नुपर्ने समय समेतलाई मध्यनजर गरी निर्वाचन मिति तोक्न उपयुक्त हुने देखिएकोले माघ महिनाको ११ गतेको मिति तोक्न सुझाव दिइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.