एनआरएन नागरिकता कार्यान्वयनमा अन्योल , अध्यगमन कर्मचारी जबर्जस्ति भिषा लिन लगाउछन,

0

गैर अबासीय नेपाली नागरिकताका बारेमा नेपाल सरकारका निकायहरुमा अझै अन्योल रहेको कारण लाभग्राहीले समस्या भोग्नु परेकोछ । बिशेष गरी अध्यागमन बिभागका कर्मचारीहरुले नेपालको संबिधानमा उल्लेख भएको, संसदले पारित गरेको नागरिकता बिद्ययकले निर्देश गरेको र नियमाबली बनेर लागु भएको गैर आबासीय नेपाली नागरिकता प्राप्त गरिसकेका एनआरएनहरुलाई दु:ख दिने गरेकाछन ।

नेपाल सरकारले जारी गरेको एनआरएन नागरिकतालाई आध्यागमनका कर्मचारीले नस्विकारेको र जबर्जस्ती भिषा लिन वाध्य बनाएको घटनाहरु बाहिरिएकाछन । कार्तिक २० गते एनआरएन नागरिकता लिएर काम बिशेषले भारत गएकी बेल्जियम बस्ने एक युबतीलाई अध्यागमनका कर्मचारीले जबर्जस्ती भिषा लिन लगाएकाछन । २ दिन अगाडि दिल्ली हुँदै काठमाडौं आएकी यूबतीलाई त्रिभुवन बिमानस्थल अध्यागमनको ४ नम्बर डेस्कमा रहेका कर्मचारिले दुर्व्यबहार गरेको र तीन घण्टा सम्म रोकेको उनले बताएकी छिन ।

गैर आबासीय नेपाली संघको बर्षौको अभियान र माग अनुसार राजनितिक अधिकार बाहेक नेपाली नागरिक सरह अधिकार उपभोग गर्न पाउने गरि प्राप्त एनआरएन नागरिकतालाई नेपाल सरकारकै कर्मचारिले मान्यता नदिनु दु:खद हो । नेपाली नागरिकलाई नेपालको भिषा लिन लगाउने कर्मचारीलाई कारबाही हुनु पर्ने उनिहरुले सम्बन्धित निकायसँग माग गरेकाछन । यस बिषयलाई गम्भिरता पूर्वक लिएर अध्यागमनका कर्मचारीलाई सचेत बनाउनु पर्ने र तत्काल सहज बातावरण बनाउनु पर्ने एनआरएनहरुले अनुरोध गरेका छन ।

गैर आबासीय नेपाली संघका अध्यक्ष राजेन्द्र कुमार शर्माले यस बिषयमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सँग कुरा गरेको र अध्यगमनका महानिर्देशकलाई पनि एनआरएन नागरिकता प्राप्त नागरिकलाई कानुन अनुसार गर्न गराउन अनुरोध गरेको बताउनु भएकोछ । एनआरएन नागरिकताको प्रयोगमा केही समस्या भए आफुलाई संपर्क गर्न पनि उहाले अनुरोध गर्नु भएकोछ ।

पहिलो गैर आबासीय नेपाली नागरिकता लिएका संघका निबर्तमान अध्यक्ष कुल आचार्यले गत हप्ता नेपाल प्रबेश गर्दा आफ्नो भिषा कायम रहेकोले कुनै समस्या नभएको तर एनआरएन नागरिकता बारेमा के गर्ने भन्ने निर्देशन प्राप्त नभएको त्यहा कार्यरत कर्मचारिले बताएकोले सरकारसँग यस बिषयमा कुरा गरेको बताउनु भएकोछ ।

Leave A Reply

Your email address will not be published.