बल्खु क्षेत्रमा अश्रुग्यास र पानीको फोहरा प्रहार

0

काठमाडौं \  काठमाडौँको बल्खुमा दुर्गा प्रसाईँ समूह र प्रहरीबिच झडप भएको छ । प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्र कालीमाटीतर्फ जान थालेपछि झडप भएको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको छ । बल्खु क्षेत्रमा प्रदर्शनकारीले सुरक्षा घेरा तोड्न खाजेपछि सुरक्षा निकायले अश्रुग्यास र पानीको फोहरा प्रहार गरेपछि भिड तितरवितर भएको थियो ।

सुरक्षाकर्मीले प्रदर्शनकारीलाई निषेधित क्षेत्र प्रवेशमा रोक लगाएको छ । अहिले सुरक्षाकर्मीले कलंकीदेखि सानेपासम्मको सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको छ ।

Leave A Reply

Your email address will not be published.