विश्वका १ सय प्रभाबशाली महिलाहरुको सुचिमा नेपालकी रुकशाना कपाली ,

0

बाल्यकालमा आफ्नो लिङ्ग पहिचान गर्न नसकेर मानसिक पिडा र सामाजिक बहिस्कार भोगेकी रुक्साना कपाली संसारका प्रभाबशाली महिलाहरुको सुचिमा परेकिछिन ।

विश्व प्रशिद्ध संचार संस्था बिबिसिले छनोट गरेका सन् २०२३ का विश्वका प्रभावशाली १०० महिलाको सूची सार्वजनिक गरेको छ । जसमा नेपालकी ‘पारलिंगी महिला’ (ट्रान्सजेन्डर वुमन) रुक्शाना कपाली पनि परेकी हुन । सो सुचिमा भारतबाट अभिनेत्री दिया मिर्जा,चीनबाट लेखिका बाङ, अफगानस्तान बाट सरणार्थि अधिकारकर्मी सुम्मिया तोरा, पाकिस्तानबाट नेहा मनकानी लगायतका महिलाहरु परेकाछन ।
ट्रान्सजेन्डर मानवअधिकार कार्यकर्ता रुक्शाना नेपालमा एलजीबीटीक्यू+ समुदायकाे कानुनी तथा संवैधानिक अधिकारको क्षेत्रमा सक्रिय रहेकाले रुकशानालाई प्रभावशाली महिलाको सूचीमा राखेको बीबीसीले स्पष्ट पारेको छ ।

उनको एसएलसीको सर्टिफिकेटमा ‘पुरुष’ लेखिएको थियो । हुर्कदै र बुझ्दै जादा आफु पारलैंगिक महिला हुँ भन्ने महसुस गरेको तर प्रमाणपत्र सच्याउन सास्ती पाएपछि उनी आफू जस्तै अन्यको अधिकारका लागि पनि अभियान चलाऊन थालएकी हुन ।कानुनको विद्यार्थी रहेकी कपाली एलजिबिटी समुदायलाई कानुनी सहायता र अधिकारका बारेमा चेतनामुलक कार्यक्रम चलाऊछिन ।

Leave A Reply

Your email address will not be published.