नेपाल ब्रुसेल मिलन केन्द्रले जाजरकोटका भुकम्प पीडितलाई गर्‍यो राहत बितरण ,

0

नेपाल ब्रुसेल मिलन केन्द्रले भुकम्प प्रभाबित जाजरकोटको नलगाड नगरपालिकामा राहत बितरण गरेकोछ । बेल्जियमको ब्रुसेलमा बस्ने नेपालीहरुको संस्था ब्रुसेल नेपाल मिलन केन्द्रले प्रदान गरेको दुई लाख पचास हजार रुपँया बराबरको खाद्य सामाग्री नलगाड नगरपालिकाको वडा नम्बर ४ का करिब १ सय बाइस भुकम्प पीडित परिवारलाई प्रदान गरिएको हो ।

स्थानीय समाजसेबी एबम जाजरकोट जिल्ला समन्वय समितिका सदस्य चित्र प्रशाद शर्मा र वडा अध्यक्ष बद्री पन्तले उक्त नगरपालिकाको घुवारा , पिपलचौर,औंलका भुकम्प पीडितलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएकोछ ।

नोभेम्बर ५ मा जाजरकोटको रामिडाडा केन्द्रबिन्दु भएर गएको ६ ४ रेक्टरस्केलको भुकम्पले जाजरकोट रुकुम सल्यान लगायतका जिल्लामा ठुलो धनजनको क्षति भएको छ । जाजरकोट र रुकुमका ९० प्रतिशल घरमा क्षति पुगेकोछ भने १५६ जनाले ज्यान गुमाएकाछन ।

भुकम्पले घर भात्किएका र सरसामान पुरिएकाले तत्काल खाद्य सामाग्री र न्यानो कपडाको अभाब रहेको स्थानीयबासिको भनाईछ । सोही आबस्यक्तालाई ध्यानमा राखेर स्थानीय अगुवाहरुको सुझाब बमोजिम नेपाल ब्रुसेल मिलन केन्द्रले १२२ परिवार भुकम्पपीडितलाई खाद्य सामाग्री (चामल नुन, तेल) बितरण गरेको संस्थाका अध्यक्ष भिम सुबेदीले बताउनु भएकोछ ।

स्थानीयबासी र वडा कार्यालयले ब्रुसेलबासी नेपालीहरुलाई आपतको बेला गरेको सहयोगका लागि धन्यवाद ब्यक्त गरेकाछन ।

Leave A Reply

Your email address will not be published.