राष्ट्रपति पौडेलद्वारा आफ्नो युरोप भ्रमण स्थगित

0

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेलले विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले ती मुलुकका भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुमपश्चिमलगायतका क्षेत्रमा ठुलो जनधनको क्षति हुन गएकाले नेपाल र नेपाली जनताको निम्ति अत्यन्त महत्त्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति रामचन्द्र पौडेलले ती मुलुकको भ्रमण स्थगित गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले प्रेस नोटमार्फत जानकारी दिनुभयो ।

नेपाल सरकारको पेरिस-सम्झौता २०१५, जसले एक दशमलव पाँच डिग्री सेल्सियसभित्र विश्वको तापमानलाई नियन्त्रण गर्ने प्रतिबद्धता जनाएको र नेपालले सन् २०४५ भित्र शून्य डिग्री कार्बन उत्सर्जनको महत्त्वाकाङ्क्षी लक्ष्य राखेको सन्दर्भमा फ्रान्सका राष्ट्रपतिको निमन्त्रणामा यही नोभेम्बर ९ देखि ११ तारिखसम्म  पेरिसमा हुने पिस फोरम कार्यक्रममा भाग लिन जाने कार्यक्रम तय भएको थियो ।

बिग्रँदो पर्यावरणलाई कसरी अनुकूल बनाउने भन्ने उद्देश्य रहेको उक्त सम्मेलनमा कार्बन उत्सर्जनको कुनै कारक नभएर पनि नेपालले जलवायु परिवर्तनको असर भोग्नुपरेको सम्बन्धमा विश्वजगतकाे ध्यानाकर्षण गराउने कार्यक्रम थियो ।

Leave A Reply

Your email address will not be published.