राष्ट्रपति पौडेल मङ्गलबार भूकम्प प्रभावित क्षेत्र जानुहुँदै

0

काठमाडौं \  राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने हुनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावितहरूको अवस्था बुझ्न मङ्गलबार बिहान भूकम्प प्रभावित क्षेत्रतर्फ जाने कार्यक्रम रहेको पनि पोखरेलले जानकारी दिनुभयो ।

गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति मङ्गलबार त्यस क्षेत्रमा जान लाग्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

यसैगरी, राष्ट्रपति पौडेलले विनाशकारी भूकम्प जस्तो प्राकृतिक विपत्ति आइपरेको बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गर्नुभएको छ ।

कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति हुन गएकाले नेपाल र नेपाली जनताको निम्ति अत्यन्त महत्त्वपूर्ण हुँदाहुँदै पनि प्राकृतिक विपत्ति आइपरेको हुनाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले ती मुलुकको भ्रमण स्थगित गर्नुभएको हो ।

Leave A Reply

Your email address will not be published.